नेभिगेशन
मुख्य समाचार

विशेष महाधिवेशनले गरेको निर्णय कार्यान्वयन हुनुपर्नेमा पूर्वउपसभापति श्रेष्ठको जोड

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंको भृकुटिमण्डपमा विशेष महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै श्रेष्ठले पार्टीलाई विधि र विधान अनुसार अगाडी बढ्न दिनुपर्ने भन्दै विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन हुनुपर्ने बताएका हुन । आफु कुनै पद माग्न वा व्यक्तिगत स्वार्थका लागि नभइ काँग्रेसको र देशको अस्तित्वको बारेमा बोल्न आएको उनले बताए ।

CG

उनले जेनजी आन्दोलनपछि पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । पार्टीका नेताहरुले इतिहासको ब्याज मात्र खाएर अब भविष्य नचल्ने उल्लेख गर्दै श्रेष्ठले जनताको अपेक्षा बदलिएको अवस्थामा पार्टी चल्ने शैलि पनि बदल्नुपर्ने बताए । उनले काँग्रेस कमजोर भयो भने देशको लोकतन्त्र कमजोर हुने भएकाले पार्टीको हितको लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै