नेभिगेशन
मुख्य समाचार
कांग्रेसकाे विशेष महाधिवेशन

विशेष महाधिवेशनको बन्दसत्र आज, यस्तो छ तालिका

काठमाडौँ । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ ।

बिहान ८ बजे सुरु भनिएको बन्दसत्र केहिबेर ढिलाई भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ ।

CG

बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने संयोजक आचार्यले बताए ।

बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजको मौसमः तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो

आजको मौसमः तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियसमा झर्‍यो

यसअघि आजै बिहान ५.४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सयस देखिएको थियो। सबैभन्दा तल पुगेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो।
ट्रम्पले आफैंलाई घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

ट्रम्पले आफैंलाई घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।
‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’

‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’

हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना निर्माण सुरु गरेको छ ।