नेभिगेशन
मुख्य समाचार

विशेष महाधिवेशनः आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ । आइतबारदेखि सुरु भएको उक्त महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए । 

आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका ९काठमाडौँ, भक्तपुर र ललितपुर०बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराएका थिए ।

CG

कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले आज बिहान ८ः३० बजेदेखि नै नाम दर्ता सुरु गरिएको जानकारी दिए । उनले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिएको बताउनुभयो । उक्त नाम दर्ता बिहान ११ बजेसम्म सञ्चालन हुने संयोजक पाण्डेयले बताए । कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र हुनेछ ।

बिहान ८ बजेदेखि बन्दसत्र गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारण बन्दसत्र कार्यक्रम केही समयलाई लम्बिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै

विशेष महाधिवेशन प्रचारप्रसार समितिले सोमबार पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं ५ का कांग्रेस...
कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित

कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो।
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए ।...
माघ ४ गते महानगरबाट बाहिरिँदै छन् बालेन,ओलीसँग चुनाव लड्न झापा जाने

माघ ४ गते महानगरबाट बाहिरिँदै छन् बालेन,ओलीसँग चुनाव लड्न झापा जाने

प्रतिनिधिसभामा झापा ५ बाट उम्मेदवार बन्न लागेका बालेनले राजीनामापछि जनकपुरमा कार्यक्रम गरेर झापा लाग्ने तयारी गरेका छन् । त्यसभन्दा अघि उनी रास्वपाको घण्टी घर जाने छन् । माघ...