नेभिगेशन
समाज

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र  सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष महाधिवेशन प्रचारप्रसार समितिले सोमबार पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं ५ का कांग्रेस नेता एवं ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् ।

Ncell
Extreme Energy

प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि कानुन व्यवसायी एवं महाधिवेशन प्रतिनिधि नारायणप्रसाद भट्टराईले वाचन गर्ने कार्यक्रम छ । यसैगरी कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बन्दसत्रको कार्यक्रम सञ्चालन गर्ने छन् ।

यस्तै, भृकुटीमण्डपमा केहीबेर अघि सुरु बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहेका छन् । महामन्त्रीद्वयले पेस गर्ने प्रस्तावमा राजनीतिक समीक्षा, पार्टीभित्रको विधि, विधान संशोधन र संरचनागत सुधार लगायतका रहेका छन् । महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि विभिन्न नौ समूहमा छलफल गरेर निष्कर्षमा पुगिने प्रचारप्रसार समितिका संयोजक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।