नेभिगेशन
समाज

पार्टी विभाजन रोक्न निरन्तर पहल गरिरहेको छुः नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न आफुले निरन्तर पहल गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आफु निकट नेताहरुसंगको छलफलका क्रममा कोइरालाले पार्टीभित्रको वर्तमान अवस्थाबारे निराश हुनुपर्ने अवस्था नरहेको भन्दै पार्टी विभाजन रोक्न आफुले निरन्तर पहल गरिरहेको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सवैसंग छलफल गर्ने उनले बताएको नेताहरुले जनाएका छन् । छलफलपछि कांग्रेस नेतृ सरिता प्रसाईंले पार्टी अप्ठेरो अवस्थामा रहेका बेला पार्टीलाई एकठाँउमा ल्याउनका लागि लागिरहेको बताइन । अहिलेको अवस्थामा पार्टीलाई एकढिक्का बनाउने दायित्व सवैको भएकाले अधिकतम पहल गर्न आफुहरुले सुझाव दिएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

उनले पार्टीभित्रको छलफललाई अन्यथा लिन नहुने, तर बहसका नाममा पार्टी बिभाजन गर्ने छुट कसैलाई नरहेको उल्लेख गरिन । शेखर कोइरालाको नेतृत्वम पार्टीलाई एकताबद्ध गरेर लैजाने प्रयासमा आफुहरु रहेको उनले बताइन । त्यस्तै आफुहरुले पार्टी बिभाजनको षडयन्त्र गर्ने विरुद्ध खवरदारी समेत गर्ने धारणा व्यक्त गरिन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।