नेभिगेशन
मुख्य समाचार

महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् ।

काठमाडौँको भृकुटीमण्डमा सोमबार भएको बन्दसत्रमा उनले प्रस्तुत गरेको प्रस्तावमा जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र विशेष महाधिवेशनको नीतिगत सङ्कल्प, आमनिर्वाचन, उन्नत लोकतन्त्र र बहुलवादी समाजको विकास, निर्वाचन पूर्वगठबन्धन प्रवृत्तिको अन्त्य, सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् ।

CG

यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरिसकेको छ भने  यसअघि बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँको टुँडीखेलमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने

काठमाडौँको टुँडीखेलमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको...
निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीः सचिव राउत

निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीः सचिव राउत

आयोगका सचिव राउतले निर्वाचन कार्यक्रमअन्तर्गत माघ २ गते निर्वाचन अधिकृत कार्यालयको स्थापना हुने जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिदका लागि अख्तियारी दिइसकिएको बताउँदै...
निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

राजनीतिक दलका उम्मेद्वारले अरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे भन्दै दोष देखाएर आफूले नै बढी आचारसंहिता पालना नगर्ने गरेकाले यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने बताए...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

सोमबार ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१...

भर्खरै