नेभिगेशन
समाज

महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको भृकुटीमण्डमा सोमबार भएको बन्दसत्रमा उनले प्रस्तुत गरेको प्रस्तावमा जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र विशेष महाधिवेशनको नीतिगत सङ्कल्प, आमनिर्वाचन, उन्नत लोकतन्त्र र बहुलवादी समाजको विकास, निर्वाचन पूर्वगठबन्धन प्रवृत्तिको अन्त्य, सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् ।

Ncell
Extreme Energy

यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरिसकेको छ भने  यसअघि बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।