नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभा अधिवेशन माघ ४ गते गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते बिहान ११ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ भने मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

CG

त्यसैगरि बैठकले २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ भने  गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...
प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा...