नेभिगेशन
समाज

काँग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयको राजनीतिक प्रस्ताव र सांगठनिक प्रतिवेदन यस्तो ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव र सांगठनिक प्रतिवेदन पेस गरिएको छ । सोमबार विशेष महाधिवेशनको बन्दसत्रमा कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापाले राजनीतिक प्रस्ताव र विश्वप्रकाश शर्माले बदलिएको देश/बदल्नुपर्ने कांग्रेस शीर्षकको सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री थापाको समसामयिक राजनीतिक प्रस्तावमा पार्टी वा व्यक्तिविशेषलाई केन्द्रमा राखेर नभइ देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै नेतृत्वदायी बाटो देखाउनुपर्ने उल्लेख छ । उनले संविधान र पार्टीको विधान अनुसार विशेष महाधिवेशन आयोजना गरिएको भन्दै यसको वैधानिकतामा प्रश्न उठाउने ठाँउ नरहेको स्पष्ट पारेका छन् । उनले  कांग्रेसले लिन नसक्ने पहल र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति गम्भीर आत्मसमिक्षा तथा आत्मलोचना गर्दै क्षमा याचना गरे ।

Ncell
Extreme Energy

त्यस्तै महामन्त्री थापाले जेनजी आन्दोलनका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्नेमा जोड दिएका छन् ।त्यसैगरि अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीतिलाई नेपालको संविधानमा लिपिबद्द गर्न काँग्रेसले अग्रसरता लिने उल्लेख छ । देशलाई नीतिगतसुनिश्चितताका साथ अग्रगतिमा लग्न पहल र नेतृत्व गर्ने, बिगतको गल्ती सच्याउँदै आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने उनले बताए ।

महामन्त्री शर्माले काँग्रेसले देश, समाज र नागरिकका मुद्दालाई आगामी दिनमा अझ व्यवस्थित रुपले सूत्रबद्ध गरेर कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै शर्माले जेनजी आन्दोलनपछिको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा सबैले स्पष्ट रूपमा प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनुपर्ने उल्लेख गरेका थिए ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।