नेभिगेशन
मुख्य समाचार

काँग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयको राजनीतिक प्रस्ताव र सांगठनिक प्रतिवेदन यस्तो ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव र सांगठनिक प्रतिवेदन पेस गरिएको छ । सोमबार विशेष महाधिवेशनको बन्दसत्रमा कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापाले राजनीतिक प्रस्ताव र विश्वप्रकाश शर्माले बदलिएको देश/बदल्नुपर्ने कांग्रेस शीर्षकको सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

महामन्त्री थापाको समसामयिक राजनीतिक प्रस्तावमा पार्टी वा व्यक्तिविशेषलाई केन्द्रमा राखेर नभइ देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै नेतृत्वदायी बाटो देखाउनुपर्ने उल्लेख छ । उनले संविधान र पार्टीको विधान अनुसार विशेष महाधिवेशन आयोजना गरिएको भन्दै यसको वैधानिकतामा प्रश्न उठाउने ठाँउ नरहेको स्पष्ट पारेका छन् । उनले  कांग्रेसले लिन नसक्ने पहल र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति गम्भीर आत्मसमिक्षा तथा आत्मलोचना गर्दै क्षमा याचना गरे ।

CG

त्यस्तै महामन्त्री थापाले जेनजी आन्दोलनका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्नेमा जोड दिएका छन् ।त्यसैगरि अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीतिलाई नेपालको संविधानमा लिपिबद्द गर्न काँग्रेसले अग्रसरता लिने उल्लेख छ । देशलाई नीतिगतसुनिश्चितताका साथ अग्रगतिमा लग्न पहल र नेतृत्व गर्ने, बिगतको गल्ती सच्याउँदै आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने उनले बताए ।

महामन्त्री शर्माले काँग्रेसले देश, समाज र नागरिकका मुद्दालाई आगामी दिनमा अझ व्यवस्थित रुपले सूत्रबद्ध गरेर कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै शर्माले जेनजी आन्दोलनपछिको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा सबैले स्पष्ट रूपमा प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनुपर्ने उल्लेख गरेका थिए ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...
प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा...