नेभिगेशन
समाज

काठमाडौँको टुँडीखेलमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने

काठमाडौँ । थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघ र माघी र तिला सङ्क्राइत र खिँचरा र खिँचरी र खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको हो ।महोत्सवबारे जानकारी दिन सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले यस महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको बताए ।

Ncell
Extreme Energy

उनले भने, “थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यका लागि गाउँको नेतृत्व चयन, खोजनी बुझनी (समीक्षा) तथा सामाजिक, सांस्कृतिक, धार्मिकलगायत पक्षको महत्वलाई जोड दिन्छ ।” थारु समुदायले माघी आउनु अगाडिदेखि दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै पर्वको तयारी गर्छन् ।

पुस मसान्तको दिन सुङ्गुररबङ्गुर ‘जिता मार्ने’ गरिन्छ भने सोही दिन आगोको धुनी बाल्दै डफ र मादलसँगै धुमरु गाउँदै रातभर जाग्राम बस्ने गरिन्छ । माघ १ गते बिहानै नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गरिन्छ, जसलाई ‘माघ लहान’ भन्ने गरिन्छ ।

स्नानपश्चात् पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । ढुङ्गाको महादेव बनाई जल, फूलमाला, सिक्का पैसा राखी पूजा गर्ने र आफूभन्दा अग्रजबाट आर्शिवादसहित चामलको सेतो टीका लगाई घरमा आएर ‘निसराउ काढ्ने’ र घरपरिवार इष्टमित्रमा साइनोअनुसार ‘स्यावा ढोग’ लिँदै माघका मिठामिठा परिकार खाने सांस्कृतिक प्रचलन रहँदै आएको छ । थारु कल्याणकारिणी सभाको अगुवाइमा काठमाडौँमा विसं २०५९ देखि महोत्सव मनाउन थालिएको हो ।

‘थारू कला संस्कृति हाँसो पहिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मनाइने यस महोत्सवका मुख्य आकर्षक थारु समुदायको सांस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुति, थारु खानाका परिकार प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली, ‘जिता मर्ना’ र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका थारु विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको संयोजक चौधरीले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा थारु खानपिन, हस्तकला, पुस्तक प्रदर्शनीका करिब १०० वटा कक्ष (स्टल) रहने छन् । खानाका स्टलमा थारु जातिले माघी पर्वमा ढिक्री, घोङ्गी, अन्डिक भात, खिँचरी, तिलको लड्डुु, अन्डिको जाँडको झोल, खँरिया, सुँगुरको मासु, गङ्गटो, सिँधरा, आलुसिन्की, बयरको चटनी, बरिया, तेलपौर रोटीलगायत विभिन्न खानाका परिकारको स्वाद महोत्सवमा सहभागीले लिन पाउने आयोजकले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार चौथो ठूलो जातिका रूपमा रहेको थारुको कूल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशत छ । २६ जिल्लामा फैलिएका थारु जातिको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । यद्यपि, थारु समुदायले भने यो भन्दाबढी रहेको अनुमान गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।