नेभिगेशन
समाज

धादिङ १ मा राजेन्द्र पाण्डेको ‘दायाँ हात’ मानिने कुमार पाण्डेले त्यागे नेकपा, रास्वपाबाट चुनाव लड्ने


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङका नेता राजेन्द्र पाण्डेका राजनीतिक विश्वास पात्र मानिने कुमार प्रसाद पाण्डे रास्वपा प्रवेश गरेका छन् । 
नेकपाको केन्द्रिय सदस्य परित्याग गरेर उनी रास्वपा प्रवेश गरेका हुन् । लामो समय एमाले राजनीतिमा संलग्न पाण्डे एमाले विभाजन पछि माधव कुमार नेपाल नेतृत्वको समाजवादी पार्टीमा आवद्ध थिए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलन पछि समाजवादी र माओवादी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि पाण्डे सो पार्टीको केन्द्रिय सदस्यको भूमिकामा थिए । उनी राजनीतिसँगै व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन् ।

Ncell
Extreme Energy

पाण्डे फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर एकमा उम्मेदवार हुने गरी रास्वपा प्रवेश गरेको पाण्डे निकटस्थहरूको दाबी छ । 

‘उहाँले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने गरी पुरानो पार्टी परित्याग गर्नु भएको हो,’ स्रोतले सिधाकुरासँग भन्यो, ‘पाण्डेले उम्मेदवार हुन आवश्यक शुल्क समेत बुुझाइसकेका छन् ।’ 

यता रास्वपाले पनि यसको आधिकारिक पुष्टि गरेको छ । प्रत्यक्ष निर्वाचन आकाङ्क्षीको रुपमा पाण्डे प्रक्रिया पुरा गरेर रास्वपा प्रवेश गरेको रास्वपाले जनाएको छ । उनको आवेदन स्वीकृतसमेत भइसकेको छ ।  

रास्वपा प्रवेश गरेका पाण्डे धादिङमा विरासत बोकेका नेता राजेन्द्र पाण्डेका चुनावी टिमका प्रमुख रणनीतिकार, सडकस्तरका अभियान संयोजक र विश्वस्त सहयोगीका रूपमा चिनिन्थे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’