नेभिगेशन
समाज

धादिङ १ मा राजेन्द्र पाण्डेको ‘दायाँ हात’ मानिने कुमार पाण्डेले त्यागे नेकपा, रास्वपाबाट चुनाव लड्ने


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङका नेता राजेन्द्र पाण्डेका राजनीतिक विश्वास पात्र मानिने कुमार प्रसाद पाण्डे रास्वपा प्रवेश गरेका छन् । 
नेकपाको केन्द्रिय सदस्य परित्याग गरेर उनी रास्वपा प्रवेश गरेका हुन् । लामो समय एमाले राजनीतिमा संलग्न पाण्डे एमाले विभाजन पछि माधव कुमार नेपाल नेतृत्वको समाजवादी पार्टीमा आवद्ध थिए। 

जेनजी आन्दोलन पछि समाजवादी र माओवादी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि पाण्डे सो पार्टीको केन्द्रिय सदस्यको भूमिकामा थिए । उनी राजनीतिसँगै व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन् ।

CG

पाण्डे फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर एकमा उम्मेदवार हुने गरी रास्वपा प्रवेश गरेको पाण्डे निकटस्थहरूको दाबी छ । 

‘उहाँले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने गरी पुरानो पार्टी परित्याग गर्नु भएको हो,’ स्रोतले सिधाकुरासँग भन्यो, ‘पाण्डेले उम्मेदवार हुन आवश्यक शुल्क समेत बुुझाइसकेका छन् ।’ 

यता रास्वपाले पनि यसको आधिकारिक पुष्टि गरेको छ । प्रत्यक्ष निर्वाचन आकाङ्क्षीको रुपमा पाण्डे प्रक्रिया पुरा गरेर रास्वपा प्रवेश गरेको रास्वपाले जनाएको छ । उनको आवेदन स्वीकृतसमेत भइसकेको छ ।  

रास्वपा प्रवेश गरेका पाण्डे धादिङमा विरासत बोकेका नेता राजेन्द्र पाण्डेका चुनावी टिमका प्रमुख रणनीतिकार, सडकस्तरका अभियान संयोजक र विश्वस्त सहयोगीका रूपमा चिनिन्थे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...
प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा...