नेभिगेशन
मुख्य समाचार
सुनचाँदीको मूल्य

सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको  हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ ।
 
गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । 

CG

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो पाँच  हजार १९५ मा किनबेच भएको थियो ।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस हुनेमा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार...
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।
दोस्रो दिनको बन्द सत्र सुरू

दोस्रो दिनको बन्द सत्र सुरू

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्।आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएपनि विषेश महाधिवेशन...
काठमाडौँमा छैन बन्द को प्रभाव

काठमाडौँमा छैन बन्द को प्रभाव

सिपी  गजुरेल , धर्मेन्द्र बस्तोला , आहुती लगायत ६ क्रान्तिकारी कम्युनिस्ट दलले फाल्गुन २२ गते हुने निर्वाचनको बिरोधमा आह्वान गरेको उपत्यका बन्दमा काठमाडौं सडक र  जडिबुटीको अवस्था ,...