नेभिगेशन
समाज

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेर अगाडि पत्रकार सम्मेलन गरी पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि पार्टी संस्थापनलाई स्वामित्व ग्रहण गर्न आग्रह गरेका हुन् । 

Ncell
Extreme Energy

“महाधिवेशन प्रतिनिधि कांग्रेसको विधानको सर्वोच्च विधायक हुन्, विशेष महाधिवेशनले गरेको निर्णयलाई मानेर पार्टी अगाडि बढ्नुपर्छ, विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्छ”, उनले भने।

प्रचारप्रसार समितिका संयोजक पोखरेलले पार्टी सभापतिले आफ्नो जिम्मेवारी छोड्नुपर्ने, विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्ने र आगामी निर्वाचनमा सभापति उम्मेदवार बन्न नहुने बताए । पार्टी नेतृत्वले महाधिवेशन प्रतिनिधिलाई हेप्ने काम गर्न नहुने उनको भनाइ थियो ।

उनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशनले ठूलो सहयोग पुगेको बताए । आगामी दिनमा कांग्रेसभित्र भागबण्डाको अन्त्य हुने उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’