नेभिगेशन
समाज

पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न पनि तयार छुः राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफु तयार रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष लिङ्देनले बलियो बनाउन बनाउने क्रममा व्यवस्थापकीय कुराहरु छलफलबाट मिलाउन सकिने भन्दै नेतृत्व बाधक बने परिवर्तन गर्न समेत आफु तयार रहेको बताएका हुन् । 

Ncell
Extreme Energy

अहिलेसम्मको सबै घटनाक्रमले, सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राप्रपा नै हो भन्ने प्रमाणित भएको उनले बताए । उनले नेपालको निर्णायकत्व विदेशीको हातमा गएको, अनुभूति गरिने गरी प्रयोग भइरहेकाले समान बिचार भएकाहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

नेपालको निर्णायकता नेपाली जनताकै हातमा राख्न, नेपालको राष्ट्रियतालाई सुदृढ बनाउन र समुन्नत, समृद्ध र सबल राष्ट्रको जिम्मा युवाहरुलाई दिने कर्तव्य आफुहरुको भएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी चूनावका लागि इमान्दारीका साथ मेहतन गर्दै निर्वाचन रूपी आन्दोलनमा होमिन अपिल समेत गरे । 

त्यस्तै राप्रपाका नेता कमल थापाले जेनजीको म्याण्डेड अनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गराउने काम राप्रपाले मात्रै गर्न सक्ने बताए । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए । 

उनले आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्ण बहुमत प्रदान गर्नको निमित्त अपिल गर्दै राष्ट्र निर्माणमा एकताबद्ध हुन आह्वान समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’