नेभिगेशन
मुख्य समाचार

पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न पनि तयार छुः राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफु तयार रहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष लिङ्देनले बलियो बनाउन बनाउने क्रममा व्यवस्थापकीय कुराहरु छलफलबाट मिलाउन सकिने भन्दै नेतृत्व बाधक बने परिवर्तन गर्न समेत आफु तयार रहेको बताएका हुन् । 

CG

अहिलेसम्मको सबै घटनाक्रमले, सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राप्रपा नै हो भन्ने प्रमाणित भएको उनले बताए । उनले नेपालको निर्णायकत्व विदेशीको हातमा गएको, अनुभूति गरिने गरी प्रयोग भइरहेकाले समान बिचार भएकाहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

नेपालको निर्णायकता नेपाली जनताकै हातमा राख्न, नेपालको राष्ट्रियतालाई सुदृढ बनाउन र समुन्नत, समृद्ध र सबल राष्ट्रको जिम्मा युवाहरुलाई दिने कर्तव्य आफुहरुको भएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी चूनावका लागि इमान्दारीका साथ मेहतन गर्दै निर्वाचन रूपी आन्दोलनमा होमिन अपिल समेत गरे । 

त्यस्तै राप्रपाका नेता कमल थापाले जेनजीको म्याण्डेड अनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गराउने काम राप्रपाले मात्रै गर्न सक्ने बताए । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए । 

उनले आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्ण बहुमत प्रदान गर्नको निमित्त अपिल गर्दै राष्ट्र निर्माणमा एकताबद्ध हुन आह्वान समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...
यी हुन् पुष २८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यी हुन् पुष २८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

पुष २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरिएको जानकारी दिए ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

आज ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९...
कांग्रेस विशेष महाधिवेशनः सभापति पदका लागि दर्ता शुल्क ३० हजार, अन्य पदको कति ?

कांग्रेस विशेष महाधिवेशनः सभापति पदका लागि दर्ता शुल्क ३० हजार, अन्य पदको कति ?

कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले पार्टीको विधानअनुसार निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सभापति पदका लागि रु ३० हजार,...