नेभिगेशन
समाज

यी हुन् पुष २८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुष २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरिएको जानकारी दिए । 

Ncell
Extreme Energy

बैठकले दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ भने इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत एवं नापी कार्यालय स्थापना गर्ने निर्णय भएको उनले बताए । 

त्यस्तै बैठकले म्यानमारमा भइरहेको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रुपमा माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरलाई स्वीकृति दिने निर्णय गरेको उनले बताए । 

त्यस्तै बैठकले पञ्चबर्षीय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने र नेपाली सेनाका तीन जना महासेनानीहरुलाई सहायक रथीमा बढुवा गर्ने र दुई जना महासेनानीहरुको सरुवा गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’