नेभिगेशन
समाज

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

काठमाडौँ । सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने कृषि विकाससम्बन्धी कार्यक्रममा भाग लिनका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । 

Ncell
Extreme Energy

त्यस्तै आगामी माघ २६ देखि फागुन १ गतेसम्म मेक्सिकोमा आयोजना हुने एएमएल÷सीएफटीको ‘प्लेनरी तथा वर्किङ ग्रुप’ बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बराललाई अनुमति दिएको छ । 

बैठकले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक’ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गरेको छ । सरकारले आगामी माघ ६ र ७ गते चीनको सिजाङ्ग (ल्हासा) मा आयोजना हुने नेपाल–चाइना कोअडिनेशनसम्बन्धी तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

नेपाल न्याय सेवा, कानसुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका आठ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने सरकारको निर्णय छ ।

म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तरराष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा आगामी माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधारलाई स्वीकृति दिएको छ ।

सरकारले समस्याग्रस्त सङ्घसंस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य उद्धवप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गर्ने र उक्त पदमा मधुकर राना (ललितपुर)लाई मनोनयन गरेको छ ।

आगामी माघ २८ देखि फागुन १ गतेसम्म मोरक्कोको माराकेशमा आयोजना हुने बालश्रमसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलाई स्वीकृति दिएको छ । स्पेनको म्याड्रिडमा हुने अन्तरराष्ट्रिय पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको आगामी माघ ६ देखि १२ गतेसम्म सहभागी हुन स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले जानकारी दिए । 

सरकारले इलामको फिक्कल, सोलुखुम्बुको सोताब, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्नेगरी मालपोत कार्यालय र नापी कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

त्यसैगरी सरकारले आगामी माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको ‘सेक्सन अफ द एजेटिभ बोर्ड’मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटालाई सहभागी हुन स्वीकृति दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

मंगलबार साँझ करिब ७ः३० बजेदेखि सुरु भएको झडपका क्रममा बजार क्षेत्रमा तोडफोड तथा आगजनीका घटना भएका थिए । घटनापछि बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने स्थानीयवासी...
सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

छलफल  लेखा समितिको बैठक कक्षमा हुने छ । छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टी समेत आमन्त्रण गरिएको छ ।
सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा...
नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे । सुशासन मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु...

भर्खरै