नेभिगेशन
मुख्य समाचार

कांग्रेस सभापतिमा गगन थापा, महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनले आज उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यस्तै विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले दिउँसो १ बजे नामावली सार्वजनिक गर्दै छ । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

CG

पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै...
पार्टीभित्रको एकता कायम राख्न सभापति देउवा जस्तोसुकै लचक हुनपनि तयार

पार्टीभित्रको एकता कायम राख्न सभापति देउवा जस्तोसुकै लचक हुनपनि तयार

बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा पार्टीभित्रदेखिको विवादका बिषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसंगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू...
रास्वपा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे धादिङ–२ बाट उम्मेदवार आकांक्षी

रास्वपा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे धादिङ–२ बाट उम्मेदवार आकांक्षी

उनी २०७९ असारमा रास्वपा पार्टी गठन हुँदा महत्वपूर्ण भूमिका खेल्ने स्थापनाकालिन केन्द्रीय सदस्य मध्येका एक हुन् ।
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब...