नेभिगेशन
मुख्य समाचार

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

काठमाडौँ । बुद्ध एयरको उडान तयारी रहेको जहाजको एक जना यात्रुले आपतकालिन ढोका खोलिदिएपछि उडान अवरुद्ध भएको छ । बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं.८५२(जहाज ९एन–एएमडि) मा विमान सवार यात्रु सुमन गौतमले आपतकालिन ढोका खोलिदिएका हुन ।

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको जनाइएको छ ।

CG

हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली (प्राविधिक टोली) भैरहवा प्रस्थान गरिसकेको छ। पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरको सुचना तथा सञ्चार महाशाखा जनाएको छ । त्यस्तै, नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मन्ने गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै...
पार्टीभित्रको एकता कायम राख्न सभापति देउवा जस्तोसुकै लचक हुनपनि तयार

पार्टीभित्रको एकता कायम राख्न सभापति देउवा जस्तोसुकै लचक हुनपनि तयार

बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा पार्टीभित्रदेखिको विवादका बिषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसंगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू...
रास्वपा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे धादिङ–२ बाट उम्मेदवार आकांक्षी

रास्वपा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे धादिङ–२ बाट उम्मेदवार आकांक्षी

उनी २०७९ असारमा रास्वपा पार्टी गठन हुँदा महत्वपूर्ण भूमिका खेल्ने स्थापनाकालिन केन्द्रीय सदस्य मध्येका एक हुन् ।
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब...