नेभिगेशन
समाज

चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

चीनको व्यापार अधिशेष सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बुधबार सार्वजनिक गरिएको विवरणअनुसार संयुक्त राज्य अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित रह्यो । यसअघिको वर्ष सन् २०२४ मा चीनको व्यापार अधिशेष नौ खर्ब ९२ अर्ब डलरभन्दा केही बढी थियो ।

Marvel
Extreme Energy

डिसेम्बर महिनामा चीनको निर्यात डलरको आधारमा अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले वृद्धि भएको देखिएको छ, जुन अर्थशास्त्रीहरूको अनुमानभन्दा राम्रो र नोभेम्बरको ५.९ प्रतिशतको वार्षिक वृद्धिदरभन्दा उच्च हो । सोही महिनामा आयात पनि उल्लेख्य रूपमा बढ्दै नोभेम्बरको १.९ प्रतिशतको तुलनामा ५.७ प्रतिशतले वृद्धि भएको छ ।

चीनको व्यापार अधिशेषले नोभेम्बरमै पहिलो पटक १० खर्ब डलरको सीमालाई पार गरेको थियो । गत वर्षको पहिलो ११ महिनामै व्यापार अधिशेष १० खर्ब ८० अर्ब डलर पुगेको तथ्याङ्कले देखाउँछ । व्यापारिक घर्षण र भूराजनीतिक तनावका बाबजुद पनि सन् २०२६ मा निर्यातले चीनको अर्थतन्त्रलाई टेवा दिइरहने अर्थशास्त्रीहरूको अनुमान छ । बिएनपी परिबासकी प्रमुख चिनियाँ अर्थशास्त्री ज्याकलिन रोङले सन् २०२६ मा पनि निर्यातले आर्थिक वृद्धिको प्रमुख चालकको भूमिका खेल्ने अपेक्षा कायमै रहेको बताए ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि चीन र संयुक्त राज्यबीचको व्यापार युद्ध चर्किँदै जाँदा अमेरिकी बजारतर्फ चीनको निर्यात गत वर्षको अधिकांश समय घट्दो रह्यो । सन् २०२५ मा अमेरिका तर्फको निर्यात करिब २० प्रतिशतले घटेको देखिन्छ । यद्यपि दक्षिण अमेरिका, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका अन्य बजारमा निर्यात विस्तार हुँदा उक्त गिरावट धेरै हदसम्म सन्तुलनमा आएको छ ।

आँकडाअनुसार सन् २०२५ मा अफ्रिकातर्फ चीनको निर्यात २६ प्रतिशतले बढेको छ । दक्षिणपूर्वी एसियाली देशहरूमा १३ प्रतिशत, युरोपेली सङ्घ (इयु) मा ८ प्रतिशत र ल्याटिन अमेरिकामा ७ प्रतिशतले निर्यात वृद्धि भएको छ ।विश्लेषकहरूका अनुसार कम्प्युटर चिप्स, विद्युतीय उपकरणहरू तथा ती उत्पादनमा प्रयोग हुने सामग्रीहरूको बलियो विश्वव्यापी मागले चीनको निर्यातलाई समर्थन गरेको छ । यसका साथै गत वर्ष चीनको कार निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको थियो ।

बलियो निर्यात प्रदर्शनले चीनको अर्थतन्त्रलाई वार्षिक करिब ५ प्रतिशतको आधिकारिक वृद्धिदर लक्ष्य नजिक पुर्‍याउन मद्दत गरेको छ । तर सस्तो चिनियाँ वस्तुहरूको बाढीले स्थानीय उद्योगहरूलाई असर गर्न सक्ने चिन्ताका कारण केही मुलुकहरूमा चेतावनी र चासो पनि बढेको छ । चिनियाँ भन्सार प्रशासनका उपमन्त्री वाङ जुनले सन् २०२६ मा चीनले ‘गम्भीर र जटिल’ बाह्य व्यापार वातावरणको सामना गरिरहेको बताए । तथापि उहाँले चीनको विदेशी व्यापारका आधारभूत संरचना अझै बलियो रहेको स्पष्ट पारेका थिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुखले गत महिना चीनलाई आर्थिक असन्तुलन समाधान गर्न, घरेलु माग र लगानीलाई प्रोत्साहन गर्दै निर्यातमा अत्यधिक निर्भरताबाट बाहिर निस्कन सुधारको गति तीव्र बनाउन आग्रह गरेका थिए । चीनमा लामो समयदेखि चलिरहेको रियल स्टेट क्षेत्रको मन्दीले उपभोक्ताको विश्वास र घरेलु मागलाई अझै प्रभावित गरिरहेको छ । अत्यधिक ऋण लिँदा धेरै डेभलपरहरू डिफल्टमा गएपछि यस क्षेत्रको समस्या गहिरिएको हो ।

चिनियाँ नेताहरूले उपभोक्ता र व्यवसायको खर्च वृद्धि आर्थिक नीतिको केन्द्रमा राखेका छन् । पछिल्ला महिनाहरूमा सरकारले ट्रेड–इन अनुदान कार्यक्रम ल्याएर उपभोक्तालाई नयाँ, ऊर्जा–कुशल घरेलु उपकरण र सवारी साधन खरिद गरी पुराना मोडेल प्रतिस्थापन गर्न प्रोत्साहन गरेको छ । तर यी उपायहरूको प्रभाव अहिलेसम्म सीमित देखिएको छ । बिएनपी परिबासकी रोङका अनुसार घरेलु मागको वृद्धि सन् २०२६ मा पनि सुस्त नै रहने सम्भावना छ ।

उनले विशेषगरी उपभोक्ता वस्तुहरूका लागि वित्तीय अनुदान कार्यक्रमहरू गत वर्षको तुलनामा कमजोर देखिएको उल्लेख गरे । फ्रान्सेली लगानी बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीले सन् २०२६ मा चीनको निर्यात करिब ३ प्रतिशतले मात्र बढ्ने अनुमान गरेका छन् । यो सन् २०२५ को ५.५ प्रतिशतभन्दा कम हो । आयात वृद्धिदर सुस्त रहने सम्भावनासँगै चीनको व्यापार अधिशेष यस वर्ष पनि १० खर्ब डलरभन्दा माथि रहने उहाँको अपेक्षा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।