नेभिगेशन
समाज

रास्वपा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे धादिङ–२ बाट उम्मेदवार आकांक्षी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य उपेन्द्र पाण्डे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ २ बाट आकाँक्षी देखिएका छन् । पार्टीको संस्थापक केन्द्रीय सदस्य पाण्डेले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका  लागि धादिङ क्षेत्र नम्बर २ मा रास्वपाको तर्फबाट प्रतिस्पर्धा गर्ने गरि तयारी गरिरहेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले आह्वान गरेको उम्मेदवार आकाँक्षीमा आफु यस निर्वाचन क्षैत्रबाट सबै भन्दा बलियो प्रतिस्पर्धी रहेको उल्लेख गर्दै उनले पार्टीमा सो बारे जानकारी गराएका छन् । उनी २०७९ असारमा रास्वपा पार्टी गठन हुँदा महत्वपूर्ण भूमिका खेल्ने स्थापनाकालिन केन्द्रीय सदस्य मध्येका एक हुन् । 

Ncell
Extreme Energy

पार्टी सभापति रवि लामिछानेका विश्वास पात्रका रुपमा चिनिएका पाण्डे ठुला व्यवसाय व्यवस्थापनमा विज्ञता हासिल गरेर राजनीतिमा सकृय भएका हुन् । रास्वपा गठन हुने बेला देशले चिनेका भन्दा देशलाई चिनेका र बुझेका सदस्यहरुलाई प्राथमिकता दिने भन्दै पाण्डे लगायत २१ जनाको टिम लिएर रवि लामिछानेले रास्वपा गठन गरेका थिए । 

3f43bd4d-d730-43a4-b7e5-1b633c7d9afc-1768377906.jpg
त्यसयता विभिन्न राजनीतिक गतिविधिमा सकृय पाण्डेले अहिलेको निर्वाचनमा आफुले धादिङको उत्तरी क्षेत्रको बस्तुगत विश्लेषण गर्दै त्यहाँका मतदाताको भावना, यस भेगको मुल समस्याको पहिचान गर्दै समाधानका खाका आफुसँग रहेको भन्दै प्रतिनिधिसभा सदस्य भएर  कानुन निर्माणका साथै नीतिगत सुधारमा आफुले भूमिका खेल्ने बताए । पुर्वाधार विकास, जिविकोपार्जनका लागि आयआर्जन तथा स्वरोजगार प्रवर्धन जस्ता क्षेत्रमा नीतिगत सुधारमा आफुले पहल गर्ने उनी बताउँछन्। 

चुनावी सरगर्मी बढेसँगै विभिन्न निर्वाचन क्षेत्रमा आकाँक्षीहरुको सङ्ख्या बढ्नुलाई सकरात्मक रुपमा लिनुपर्ने बताउने पाण्डे आफ्नो क्षेत्रमा जनताको भावना, पार्टीका साथीहरुको अपेक्षा र अहिलेको जेनजी मुभमेन्टको सन्देशका कारण पनि आफु उपर्युक्त पात्र रहेको दावी गर्छन्।

df8cae9c-4cb5-47c3-b255-04f5539bfb31-1768377922.jpg
पार्टीको केन्द्रीय समिति बैठकहरुमा कम तर तार्किक बहस गर्ने नेताको छबि बनाएका पाण्डे प्रचार भन्दा प्रभावकारी काम गर्ने नेताको रुपमा बढि चिनिन्छन । धादिङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत त्रिपुरासुन्दरी गाँउपालिकाका स्थायी बासिन्दा पाण्ठे आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सातवटा स्थानीयतहहरुमा भिजेका पात्र हुन् ।  

लामो समय देखि राजनीतिलाई शक्ति आर्जन, पद र प्रतिष्ठा देखाएर शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचारलाई प्रशय दिने गरेका नेता र प्रवृतिलाई परास्त गर्ने अहिले उचित समय रहेको भन्दै पाण्डेले मन र मत बदलेर सुसज्जित राजनीति निर्माणमा जुट्नका लागि आफुलाई उम्मेदवारको रुपमा अघि सारेको तर्क गरे । नारा र पात्र मात्र बदलेर नहुने भन्दै उनले चरित्र र शैली बदलेर काम गर्ने बेला भएकाले मैदानमा जनविश्वास जित्ने उम्मेदवारका रुपमा आफ्नो दाबी रहेको बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’