नेभिगेशन
समाज

पार्टीभित्रको एकता कायम राख्न सभापति देउवा जस्तोसुकै लचक हुनपनि तयार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुनपनि तयार रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा पार्टीभित्रदेखिको विवादका बिषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसंगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू जस्तोसुकै लचक हुनपनि तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

Ncell
Extreme Energy

टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने मागका सन्दर्भमा उहाँले आफू त्यसलाई छोड्न तयार रहेको बताएको प्रवक्ता महतले जानकारी दिएका हुन । उनले अन्य बिषयबस्तुमा ठूलो समस्या नभएकाले पार्टी फुटबाट जोगाउनका लागि पनि महामन्त्रीहरुलाई आग्रह गरेको महतले बताए ।

त्यस्तै सभापति देउवाले संसदीय बोर्ड नै सल्लाह गरेर गठन गर्न समेत प्रस्ताव गरेको उनले  जानकारी दिए । सभापति देउवाले चूनाव लड्ने बिषयमा आएका बिषयमा महामन्त्रीद्वयले सभापतिले चूनाव लड्न नहुने कुरा नगरेको स्पष्ट पारेको महतले बताएका थिए । महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल भएका विषयमा विशेष महाधिवेशनमा छलफल गर्ने बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’