नेभिगेशन
मुख्य समाचार

पार्टीभित्रको एकता कायम राख्न सभापति देउवा जस्तोसुकै लचक हुनपनि तयार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुनपनि तयार रहेको बताएका छन् ।

बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा पार्टीभित्रदेखिको विवादका बिषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसंगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू जस्तोसुकै लचक हुनपनि तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

CG

टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने मागका सन्दर्भमा उहाँले आफू त्यसलाई छोड्न तयार रहेको बताएको प्रवक्ता महतले जानकारी दिएका हुन । उनले अन्य बिषयबस्तुमा ठूलो समस्या नभएकाले पार्टी फुटबाट जोगाउनका लागि पनि महामन्त्रीहरुलाई आग्रह गरेको महतले बताए ।

त्यस्तै सभापति देउवाले संसदीय बोर्ड नै सल्लाह गरेर गठन गर्न समेत प्रस्ताव गरेको उनले  जानकारी दिए । सभापति देउवाले चूनाव लड्ने बिषयमा आएका बिषयमा महामन्त्रीद्वयले सभापतिले चूनाव लड्न नहुने कुरा नगरेको स्पष्ट पारेको महतले बताएका थिए । महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल भएका विषयमा विशेष महाधिवेशनमा छलफल गर्ने बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन र विश्वलाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय

गगन र विश्वलाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय

उनीहरुलाई ५ वर्ष पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको हो ।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन (तस्बिरहरु)

सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन (तस्बिरहरु)

उक्त कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, रञ्जिता श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ ।
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै...