नेभिगेशन
समाज

कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि आज राति ८ बजेदेखि मतदान हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले केहीबेर अगाडि एक सूचना जारी गरी मतदान राति ८ बजेदेखि सुरु हुन लागेको जानकारी दिएको हो ।

Ncell
Extreme Energy

निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दावी विरोध ४ः३० बजेसम्म, उम्मेद्वारमाथिको दावी विरोध छानविन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले जानकारी दिए ।

यस्तै, पुनः नामावली प्रकाशन ५ः०५ बजेसम्म, उम्मेदवार मनोनयन दर्ता फिर्ता ५ः३५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ६ बजेसम्म र मतदान सुरु राति ८ बजेदेखि गरिने निर्वाचन समितिका संयोजक केसीले बताए ।

पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधी रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’