नेभिगेशन
समाज

पदाधिकारीलाई कारवाही गर्ने केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवशेनले पदाधिकारीलाई कारवाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार भृकुटिमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो ।

Ncell
Extreme Energy

कारवाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफुहरुलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजि कार्यालय नभएको बताए । केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए ।

उनले कांग्रेस पार्टी आफुहरुको भएकाले कसैले यसमा दावी गर्न नसक्ने स्पष्ट पारेका छन् । पार्टीको विधान अनुसार नै आफुहरु चलिरहेको भन्दै कारवाहीको निर्णयका कारण बिचलित नहुने नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

त्यस्तै कांग्रेस महामन्त्री  विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफुलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अव विशेष महाधिवेशनको हलले गर्ने बताए । उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे ।

उनले पार्टीका बारेमा कुनै अन्यौलता नरहन आग्रह गरे । त्यस्तै कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले अव पार्टी र देशको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’