नेभिगेशन
समाज

रास्वपाका प्रस्तावित प्रधानमन्त्री र अर्थमन्त्रीः परिवर्तनको खाका बनाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग आर्थिक सुधार, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको डेलिभरी मोडल लगायत विषयमा छलफल भइरहेको जनाएका छन् । 
देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने भन्दै उनले चुनावी अभियानका लागि माघ ५ गते सभापति रवि लामिछानेसहित जनकपुर जाने जानकारी पनि दिएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले लेखेका छन्, ‘उन्नयनको आसन्न अध्याय’ शीर्षकमा बालेनसँग छलफल गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेर वाग्लेले बिहीबार बिहान लेखेका छन्, ‘आर्थिक सुधारको शृंखला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको ुडेलिभरी मोडलु लगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग चरणबद्ध छलफल जारी छ।माघ ५ गते सभापति रवि लामिछानेसहित हामी जनकपुर आउँदै छौँ। देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेसबाट, निकास फागुन २१ को निर्वाचनबाट।’

Ncell
Extreme Energy

वाग्ले र शाहलाई रास्वपाले फागुन २१ पछि बन्ने सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीकारुपमा घोषणा गरिसकेको छ । बालेन शाहसँग एकताका बेलामा नै उनलाई फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमती भएको थियो । सोहि अनुसार रास्वपाले उनलाई प्रधानमन्त्रीकारुपमा प्रचारप्रसार गर्दै आएको छ । 

यस्तै अर्थविदसमेत रहेको उपसभापति डा वाग्लेलाई सभापति रवि लामिछाने सार्वजनिकरुपमा नै आगामी आर्थिक वर्ष बजेटको तयारी गर्न आग्रहनै गर्दै सम्भावित अर्थमन्त्री घोषणा गरेका थिए । रास्वपाले वाग्लेलाई फागुन २१ पछिको अर्थमन्त्रीकारुपमा समेत प्रचार गर्दै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’