नेभिगेशन
मुख्य समाचार

ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते

इटहरी । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा पाँच जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 

मृत्युहुनेमा  सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो ।  

CG

ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना  पछाडि पाँच जना रहेका थिए । यसमा पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो । क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ  । चालक भने फरार रहेका जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् । माघे सकराती विशेषतः मगर जातिमा चेलिबेटीको...
काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचितद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम र तस्बिर बिहीबार बिहान पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो ।
गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

बिहीबार सभापति गगन थापाको सभापतित्वमा कुपण्डोलमा पार्टीको बैठका बसिरहेको हो । पार्टीले आगामी रणनीतिका विषयमा बैठक केन्द्रीत हुने बताइएको छ ।
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले  भने, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाउँछौं, यस...