नेभिगेशन
मुख्य समाचार

मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

काठमाडौँ । माघे सङ्क्रान्ति पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगर समूदायले सांस्कृतिक र्याली निकालेका छन् ।

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् । माघे सकराती विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो ।

CG

सङ्क्रान्तिमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ । चेलीलाई पुज्न माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ ।

तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ । मगर समूदायका मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचीमा सुचिकृत गराउदै विश्वव्यापी बनाउने उदेश्यका साथ मगर संघले टुँडिखेलमा मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव समेत आयोजना गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय समितिको विवरण

गगन कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय समितिको विवरण

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन्। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताए।
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति पौडेल

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति पौडेल

बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले बिहीबार विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएको...
मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना समेत गरेको थियो । माघे सकराती विशेषतः मगर जातिमा...
कांग्रेसको निर्णयः घोषणापत्र गगनले लेख्ने, चुनाव परिचालन विश्वप्रकाशले गर्ने

कांग्रेसको निर्णयः घोषणापत्र गगनले लेख्ने, चुनाव परिचालन विश्वप्रकाशले गर्ने

गगन तर्फको कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई चुनाव परिचालनको जिम्मा दिएको छ।

भर्खरै