नेभिगेशन
मुख्य समाचार

कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँः नेता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काँग्रेसलाई कम्जोर पार्न चाहनेको स्वार्थलाई आफुहरुले रोक्न नसकेको बताएका छन् ।

बिहीबार उनले एक वक्तव्य जारी गर्दै पार्टीलाई कम्जोर पार्न चाहाने स्वार्थलाई आफुहरुले रोक्न नसकेको बताएका हुन । उनले भने, ‘कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।’ 

CG

पछिल्ला केहिदिनका कैयन घटनाहरुको आफु प्रत्यक्ष साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका वारे मूल्यांकन गर्ने जिम्मेवारी इतिहाँस दिएको बताएका छन् । दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट आफुहरु गुज्रिएको उनले बताएका हुन ।

उनले भनेका छन्, ‘राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ । कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो । तर त्यसो हुन सकेन । यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता विपी कोइरालालाई हो ।’

काँग्रेस पार्टीभित्र विपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहेका केही व्यक्ति र समुह विपीलाई छाडेर जाँदा यसलाई विपीले नियतिको खेल भन्ने गरेको बताए । विपी कोइराला नियतिमा विश्वास गर्ने गरेको उनले बताए ।

उनले भने, ‘म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्‌छु । अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहाँसको गौरवलाई जोगाउने जिम्मेवारी छ । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहाँसले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ ।’

यसको लागि सम्पुर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको उनले बताए । उनले भने, ‘साथीहरु कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरुले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहाँस छन, साझा नेता र शहिदहरु छन । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ । हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ । हाम्रा अग्रज नेताहरु र शहिद हुनुभएका साथीहरु हाम्रा प्रेरणाका स्रोत हुन ।’

नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन नदिएको उनले बताए ।

उनले भने, ‘आज एकपटक फेरी तपाई हामी हाम्रा सबै अग्रज नेताहरुको मार्ग दर्शनबाट र शहिदहरुको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ । समय छोटो छ, तर पनि यथासम्भव तपाईहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु ।’

पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया नरोकिने उनले बताएका छन् । उनले भने, ‘म आह्वान गर्छूः हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ । जय नेपाल ।’ 

koirala-press-rilealise-1768465517.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय समितिको विवरण

गगन कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय समितिको विवरण

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन्। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताए।
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति पौडेल

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति पौडेल

बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले बिहीबार विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएको...
मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना समेत गरेको थियो । माघे सकराती विशेषतः मगर जातिमा...
कांग्रेसको निर्णयः घोषणापत्र गगनले लेख्ने, चुनाव परिचालन विश्वप्रकाशले गर्ने

कांग्रेसको निर्णयः घोषणापत्र गगनले लेख्ने, चुनाव परिचालन विश्वप्रकाशले गर्ने

गगन तर्फको कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई चुनाव परिचालनको जिम्मा दिएको छ।

भर्खरै