नेभिगेशन
मुख्य समाचार

एमालेले आइतबार काठमाडौँमा निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शन गर्ने

काठमाडौँ । नेकपा एमालेले यहि माघ ४ गते आइतबारदेखि काठमाडौंमा निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शन गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीले बिहीबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर माघ ४ गते काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शनको तयारी पुरा भएको जनाएको छ ।

CG

काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थीत प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । सभाबाट एमालेले निर्वाचन केन्द्रीत विशेष कार्यक्रमको घोषणा गरिने उनले बताए  ।

बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि आवश्यक वातावरण बनाउन आग्रह गरे । उनले चूनाव भए एमालेले बहुमत ल्याउने र ठूलो दल हुने कुरालाई अव कसैले रोक्न नसक्ने दावी गरे ।

त्यस्तै बस्नेतले कांग्रेसको बिभाजन लोकतन्त्र र परिवर्तनको रक्षा गर्ने कुरामा दुखद भएको बताए । कांग्रेसको दुई पक्षमध्ये एक पक्षसंग सहकार्य गर्ने अवस्था आए एमालेले शेर बहादुर देउवा नेतृत्वको कांगे्रससंग सहकार्य गर्ने उनले बताएका हुन ।

बस्नेतले एमाले विभाजन गर्न चाहना पूरा नभएपछि कांग्रेस विभाजन गराइएको समेत बताए । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन नेतृत्वको काँग्रेस पार्टी अध्यावधिकका लागि निर्वाचन आयोगमा(तस्बिरहरु)

गगन नेतृत्वको काँग्रेस पार्टी अध्यावधिकका लागि निर्वाचन आयोगमा(तस्बिरहरु)

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन्। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताए।
गगन कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय समितिको विवरण

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति पौडेल

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति पौडेल

बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले बिहीबार विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएको...
मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना समेत गरेको थियो । माघे सकराती विशेषतः मगर जातिमा...

भर्खरै