नेभिगेशन
मुख्य समाचार

पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने थापा नेतृत्वको काँग्रेसको निर्णय

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगाएत बिषयमा निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

CG

उनले उम्मेदवार प्रयोजनका लागि आधिकारिक दस्तखत परिवर्तन गर्ने, समानुपातिक सूचीलाई संशोधन गर्ने, कानुनी र वैधानिक दायित्वहरू पूरा गर्न आयोगमा विवरण बुझाइने उल्लेख गरे ।

बैठकले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको छ । घोषणापत्र समिति केवल घोषणाका लागि नभई एक्सनका लागि, भिजन सहितको हुने र ठोस योजना र कार्यपद्धति यसमा समेटिने प्रवक्ता चालिसेले बताए ।

त्यस्तै बैठकले निर्वाचनलाई केन्द्रीत गरेर उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरिएको प्रवक्ता चालिसले बताए ।

त्यस्तै बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस निर्माण गर्ने संकल्प गरेको छ । बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता चालिसेले जानकारी दिए ।
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन नेतृत्वको काँग्रेस पार्टी अध्यावधिकका लागि निर्वाचन आयोगमा(तस्बिरहरु)

गगन नेतृत्वको काँग्रेस पार्टी अध्यावधिकका लागि निर्वाचन आयोगमा(तस्बिरहरु)

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन्। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताए।
गगन कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय समितिको विवरण

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति पौडेल

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति पौडेल

बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले बिहीबार विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएको...
मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना समेत गरेको थियो । माघे सकराती विशेषतः मगर जातिमा...

भर्खरै