नेभिगेशन
समाज

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अनुरोध गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले बिहीबार विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

“हामीले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनचाहना पूरा हुनुपर्छ  । यो हामीले बिर्सन हुन्न”, राष्ट्रपतिले भने ।

उनले भने, ‘जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट  भ्रष्टाचार, ढिलासुस्ती, विकृतिको अन्त्य गरी विकासको गतिलाई तिव्रता दिनु आको आवश्यकता भएको बताउँदै राष्ट्रपतिले परिवर्तित सन्दर्भमा नवपुस्ता र जनचाहनाअनुसार मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय निर्वाचन हो’ ।

राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समवन्य र सहकार्यबाटै निर्वाचनको महायज्ञलाई सफल पार्न आग्रह गरेका थिए ।

“शिक्षा र रोजगारीका लागि युवा विदेश पलायन हुने समस्याले आज हामी सबैलाई चिन्तित तुल्याएको छ”, उनले भने, “शिक्षामा लगानी बढाएर शिक्षा र रोजगारीको लागि विदेशीने चिन्ताजनक अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नवीन आयामहरूको विकासमा जोड दिनु  हामी सबैको दायित्व हो ।”

राष्ट्रपति पौडेलले बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीप र संस्कार सिकाउनुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रको भविष्य र राष्ट्र निर्माणको आधारशिला नै शिक्षा भएको र  यसलाई सरकारले सधैँ प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै राष्ट्रपतिले भने, “देश विकासको लािग कृषिलाई आधुनिकीकरण, व्यावसापयकीकरण र औद्योगिकीकरण गर्ने शिक्षा नै अहिलेको आवश्यकता हो । नवप्रवर्तन, अनुसन्धान र व्यावसायिक क्रियाकलापमार्फत शिक्षालाई उद्यमशीलतासँग जोड्दै जीवनोपयोगी बनाउनुपर्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...