नेभिगेशन
समाज

गगन कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय समितिको विवरण

काठमाडौँ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिबारे निर्वाचन आयोगमा विवरण बुझाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन्। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताए। 

Ncell
Extreme Energy

आयोगलाई कागजात बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले, ‘अध्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौंँ। नयाँ कार्यसमिति गठनबारे पुष्टि हुने सबै कागजात बुझाएका छौँ।’

केही दिनभित्रै आयोगले अध्यावधिक गर्ने विश्वास लिएको उनको भनाइ थियो। माघ ६ गते प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको समय रहेको उल्लेख गर्दै थापाले भने, ‘निर्वाचन आयोगले अध्यावधिक गर्छ भन्ने कुरामा सम्पूर्ण विश्वास छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...