नेभिगेशन
मुख्य समाचार

किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

काठमाडौँ । किरात तथा राई समुदायहरुले यलम्बरलाई राजा मन्ने गरेतापनि आफुहरुले भगवान मानेर पुज्ने गरेको काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बताएका छन् ।

बिहीबार किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा महानगरप्रमुख शाहले सो कुरा बताएका हुन ।काठमाडौँ उपत्यका आफैमा किरात सभ्यताको उद्गमस्थल रहेको र यस उपत्यकामा भएका तीन वटा जिल्ला ललितपुर, भक्तपुर र ललितपुर यल राज्य भएकाले पनि यहाँका बासीले यलम्बरलाई भगवानको रुपमा पुज्ने गरेको उनले बताए ।

CG

काठमाडौँ महानगरको नेतृत्वमा आइसकेपछि आफुहरुले सम्पदा, सास्कृति, भाषा, साहित्य, कला र संगीतलाई जगेर्नामा महत्वपूर्ण भुमिका खेलेको उनको भनाई छ । उनले भने, ‘आफुहरुले जसरीनै देशका अन्य सात साय ५२ पालिकामा विभिन्न जाताजाती हुनुहुन्छ । विभिन्न समुदाय हुनुहुन्छ । सबैले आ–आफ्नो भाषा सभ्यता जोगाउदै हुनुहुन्छ भने सम्झनुस देशलाई नै जोगउदै हुनुहुन्छ ।’

त्यस्तै महानगर प्रमुख शाहले आफ्नोमात्र नभइ अन्य जातजातीको भाषा र सभ्यता जोगाउन सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका...
धरानका मेयर हर्क राई नगदसहित सम्मानित

धरानका मेयर हर्क राई नगदसहित सम्मानित

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उजलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन ।
गगन नेतृत्वको काँग्रेस पार्टी अध्यावधिकका लागि निर्वाचन आयोगमा(तस्बिरहरु)

गगन नेतृत्वको काँग्रेस पार्टी अध्यावधिकका लागि निर्वाचन आयोगमा(तस्बिरहरु)

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन्। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताए।