नेभिगेशन
समाज

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 काठमाडौँ । भरतपुर महानगरपालिकाले निर्माणकै चरणमा रहेको प्रमुख प्रशासनिक भवनको उद्घाटन गर्न लागेको भन्दै महानगरको चौतर्फी विरोध तथा आलोचना सुरु भएको छ ।

Ncell
Extreme Energy

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपा भरतपुर महानगर समितिले निर्माणाधीन अवस्थामा रहेको प्रशासनिक भवनको उद्घाटनमा महानगर जुटेको भन्दै विरोध जनाएको हो ।

यस कदमलाई रास्वपा महानगर समितिले जनताको आँखामा छारो हाल्ने, राजनीतिक स्वार्थ पूर्तिका लागि गरिएको गैर–जिम्मेवार कदमको रूपमा लिएको जनाएको छ ।

रास्वपा भरतपुर महानगर समिति सभापति सीता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्माण कार्य अधुरै रहँदै गरिएको उद्घाटन विकासको प्रतीक होइन, यो स्पष्ट रूपमा राजनीतिक स्टन्ट मात्र हो ।”

त्यस्तै, भरतपुर महानगरले प्रमुख प्रशासकीय भवनको शुक्रवार उद्घाटन गर्न लागेको महानगरका उपप्रमुख चित्र सेन अधिकारी बताएका छन् । उनले भने, ‘भवनको काम पूर्णपुरले सकेर नवनिर्मित भवनमा सर्ने हो भने अझै दुईदेखि तीन महिनाको समय लाग्ने देखिन्छ । उद्घाटनपछि प्रमुख र प्रमुखको कार्यकक्ष नयाँ भवनमा सारिने तयारी भएका छ । तर, भवन निर्माणको काम पनि सङ्गैसँगै चल्दै गर्छ ।’

त्यस्तै उनले भने, ‘हतारोले अधुरो भवनमा आफूहरू सर्न लागेका हौँ । सो विषयमा सबैले बुझेकै होला न ? हतार भएकै हो किन भएको हो सबैले बुझेका छन् ।’

यता, भरतपुर महानगरपालिकाले शुक्रवार निर्माणाधीन प्रशासनिक भवनको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबाट गराउने तयारी गरेको छ ।

तयारी गरेको छ ।​bharatpur-1768484533.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’