नेभिगेशन
मुख्य समाचार

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

 काठमाडौँ । भरतपुर महानगरपालिकाले निर्माणकै चरणमा रहेको प्रमुख प्रशासनिक भवनको उद्घाटन गर्न लागेको भन्दै महानगरको चौतर्फी विरोध तथा आलोचना सुरु भएको छ ।

CG

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपा भरतपुर महानगर समितिले निर्माणाधीन अवस्थामा रहेको प्रशासनिक भवनको उद्घाटनमा महानगर जुटेको भन्दै विरोध जनाएको हो ।

यस कदमलाई रास्वपा महानगर समितिले जनताको आँखामा छारो हाल्ने, राजनीतिक स्वार्थ पूर्तिका लागि गरिएको गैर–जिम्मेवार कदमको रूपमा लिएको जनाएको छ ।

रास्वपा भरतपुर महानगर समिति सभापति सीता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्माण कार्य अधुरै रहँदै गरिएको उद्घाटन विकासको प्रतीक होइन, यो स्पष्ट रूपमा राजनीतिक स्टन्ट मात्र हो ।”

त्यस्तै, भरतपुर महानगरले प्रमुख प्रशासकीय भवनको शुक्रवार उद्घाटन गर्न लागेको महानगरका उपप्रमुख चित्र सेन अधिकारी बताएका छन् । उनले भने, ‘भवनको काम पूर्णपुरले सकेर नवनिर्मित भवनमा सर्ने हो भने अझै दुईदेखि तीन महिनाको समय लाग्ने देखिन्छ । उद्घाटनपछि प्रमुख र प्रमुखको कार्यकक्ष नयाँ भवनमा सारिने तयारी भएका छ । तर, भवन निर्माणको काम पनि सङ्गैसँगै चल्दै गर्छ ।’

त्यस्तै उनले भने, ‘हतारोले अधुरो भवनमा आफूहरू सर्न लागेका हौँ । सो विषयमा सबैले बुझेकै होला न ? हतार भएकै हो किन भएको हो सबैले बुझेका छन् ।’

यता, भरतपुर महानगरपालिकाले शुक्रवार निर्माणाधीन प्रशासनिक भवनको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबाट गराउने तयारी गरेको छ ।

तयारी गरेको छ ।​bharatpur-1768484533.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

बिहीबार किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा महानगरप्रमुख शाहले सो कुरा बताएका हुन ।  काठमाडौँ उपत्यका आफैमा किरात सभ्यताको उद्गमस्थल रहेको र यस...
धरानका मेयर हर्क राई नगदसहित सम्मानित

धरानका मेयर हर्क राई नगदसहित सम्मानित

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उजलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन ।
गगन नेतृत्वको काँग्रेस पार्टी अध्यावधिकका लागि निर्वाचन आयोगमा(तस्बिरहरु)

गगन नेतृत्वको काँग्रेस पार्टी अध्यावधिकका लागि निर्वाचन आयोगमा(तस्बिरहरु)

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन्। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताए।