नेभिगेशन
समाज

गोरखामा रास्वपा नेता चढेकाे गाडी तोडफोड

काठमाडौँ । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेताहरु चढेकाे गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ काे वडा अधिवेसनका लागि पुगेका नेताहरु चढेकाे गाडीमाथि तोडफोड गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साे गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाव सदस्य प्रकाश लामिछाने गाेरखा पुगेका  थिए । 

Ncell
Extreme Energy

पार्किङ गरेर राखेरको गाडीमा अज्ञात समूहबाट मध्यरात आक्रमण भएको रास्वपा नेता प्रकाश लामिछानेले बताए । आजको भेला लागि आफूहरू जुटेको बेला कारमाथि आक्रमण भएको खबर पाएको उनले बताए ।

लामिछानेकाअनुसार कार राति ९ बजे आसपास फोडिएको हुन सक्ने स्थानीयताले बताएका छन् । अहिले प्रहरीले घटनाको मुचुल्का गरिरहेको पनि लामिछानेले जानकारी दिए । 

घटनास्थल नजिकैकाे प्रहरीका कार्यालय आरुघाटले बागमति प्रदेश ०१०२५ च ७०३० नम्बरकाे कारमाथि आक्रमण भएकाे जनाएकाे छ। कार रास्वपा केन्द्रीय सदस्य धनेज थापाकाे भएकाे प्रहरीले जनाएकाे छ। थापा पनि साेही कार्यक्रमका लागि गएका नेता हुन् ।   

आज बिहान ९ बजेतिर आक्रमणबारे जानकारी पाएको र वडा भेला प्रभावित भएको रास्वपा केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेदवार प्रकाशचन्द्र परियारले बताए । 

‘वडा भेलाको तयारी चल्दै थियो हामी काठमाडौँबाट चढेर आएको कारमाथि आक्रमण गरिएको थाहा पायौँ,’ नेता परियारले सिधाकुरासँग भने । घटनाको अनुसन्धान गर्न प्रहरीले थालेकाले अबको केही बेरमा वडा भेला सुरु हुने पनि  रास्वपा गोरखाका नेताहरूले बताएका । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’