नेभिगेशन
मुख्य समाचार

गोरखामा रास्वपा नेता चढेकाे गाडी तोडफोड

काठमाडौँ । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेताहरु चढेकाे गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ काे वडा अधिवेसनका लागि पुगेका नेताहरु चढेकाे गाडीमाथि तोडफोड गरिएको हो । 

साे गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाव सदस्य प्रकाश लामिछाने गाेरखा पुगेका  थिए । 

CG

पार्किङ गरेर राखेरको गाडीमा अज्ञात समूहबाट मध्यरात आक्रमण भएको रास्वपा नेता प्रकाश लामिछानेले बताए । आजको भेला लागि आफूहरू जुटेको बेला कारमाथि आक्रमण भएको खबर पाएको उनले बताए ।

लामिछानेकाअनुसार कार राति ९ बजे आसपास फोडिएको हुन सक्ने स्थानीयताले बताएका छन् । अहिले प्रहरीले घटनाको मुचुल्का गरिरहेको पनि लामिछानेले जानकारी दिए । 

घटनास्थल नजिकैकाे प्रहरीका कार्यालय आरुघाटले बागमति प्रदेश ०१०२५ च ७०३० नम्बरकाे कारमाथि आक्रमण भएकाे जनाएकाे छ। कार रास्वपा केन्द्रीय सदस्य धनेज थापाकाे भएकाे प्रहरीले जनाएकाे छ। थापा पनि साेही कार्यक्रमका लागि गएका नेता हुन् ।   

आज बिहान ९ बजेतिर आक्रमणबारे जानकारी पाएको र वडा भेला प्रभावित भएको रास्वपा केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेदवार प्रकाशचन्द्र परियारले बताए । 

‘वडा भेलाको तयारी चल्दै थियो हामी काठमाडौँबाट चढेर आएको कारमाथि आक्रमण गरिएको थाहा पायौँ,’ नेता परियारले सिधाकुरासँग भने । घटनाको अनुसन्धान गर्न प्रहरीले थालेकाले अबको केही बेरमा वडा भेला सुरु हुने पनि  रास्वपा गोरखाका नेताहरूले बताएका । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आधिकारिकता दाबी गर्दै देउवा कांग्रेस निर्वाचन आयोगमा (तस्विरहरु)

आधिकारिकता दाबी गर्दै देउवा कांग्रेस निर्वाचन आयोगमा (तस्विरहरु)

क्रबार काँग्रेसका देउवा पक्षको एक टोली निर्वाचन आयोगको कार्यालय पुगेर कागजातसहितको निवेदन पेस गरेको हो । काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि काँग्रेस भित्र पार्टीको आधिकारिकताका...
पार्टीको आधिकारिकता दाबी गर्दै देउवा  काँग्रेस निर्वाचन आयोग पुग्याे

पार्टीको आधिकारिकता दाबी गर्दै देउवा काँग्रेस निर्वाचन आयोग पुग्याे

शुक्रवार बिहानै काँग्रेसका देउवा पक्षको एक टोली निर्वाचन आयोगको कार्यालय पुगेको हो । काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि काँग्रेस भित्र पार्टीको आधिकारिकताका विषयमा विवाद चुलिएको...
देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छः बालेन

देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छः बालेन

‘नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ...