नेभिगेशन
समाज

पार्टीको आधिकारिकता दाबी गर्दै देउवा काँग्रेस निर्वाचन आयोग पुग्याे

काठमाडौँ । पार्टीको आधिकारिकताका विषयमा विवाद बढ्दै जान थालेपछि नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षका निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रवार बिहानै काँग्रेसका देउवा पक्षको एक टोली निर्वाचन आयोगको कार्यालय पुगेको हो । काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि काँग्रेस भित्र पार्टीको आधिकारिकताका विषयमा विवाद चुलिएको हो ।

Ncell
Extreme Energy

त्यस्तै पार्टीको विशेष महाधिवेशनबाट सभापतिमा थापा निर्वाचित भएको भन्दै सभापति थापा पक्षले बिहीबार निर्वाचन आयोगको कार्यालयमा पार्टीको आधिकारिकताका विषयमा निवेदन समेत बुझाएको र सो विषयमा आयोगले  छानबिन समेत सुरु गरिरहेको छ ।

त्यस्तै काँग्रेस सभापति देउवा पक्षलेपनि पार्टीको आधिकारिकता आफुहरुकै हुने भन्दै शुक्रवार देउवा पक्षका नेता–कार्यकर्ताहरूको एक टोली आयोग पुगेको हो । पार्टीका दुवै पक्षले आधिकारिकताको विषयमा दाबी गरिरहेकाले आयोगमा परेको दुबैपक्षको निवेदनका विषयमा छानबिन गरिरहेको आयोगले जनाएको छ ।

पार्टीको आधिकारिकताका विषयमा भैइरहेको विवादका सन्दर्भका सम्बन्धमा प्रस्टाउन देउवा पक्षले आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्ने देउवा पक्षका एक नेताले जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’