नेभिगेशन
मुख्य समाचार

एमाले केन्द्रीय कार्यालयमा आकाङ्क्षी उम्मेदवारको नाम प्राप्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ ।

जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार चाँडै नै निर्वाचन लागि प्राप्त भएका उम्मेदवारका विषयमा टुङ्गो लगाइने बताए ।

CG

“सबै जिल्ला हुँदै प्रदेश कमिटीबाट आगामी निर्वाचनका लागि उम्मेदवारका नाम आएका छन्”, उनले भने, “कुनै निर्वाचन क्षेत्रबाट एकल र कुनैबाट एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस भई आएका छन्, हामीले चाँडै नै निर्वाचन क्षेत्रबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाउँछौँ ।”

एमालेले कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । कुनैकुनै निर्वाचन क्षेत्रबाट तीनभन्दा पनि बढी उम्मेदवारको नाम जिल्ला कमिटीले सिफारिस गरी पठाएका उनको भनाइ रहेको छ । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेले दिए राजीनामा

काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेले दिए राजीनामा

उनी काठमाडौँमा फागुन २१ को प्रतिनिभिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताए । “आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ,” उनले भने, “नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा...
आधिकारिकता दाबी गर्दै देउवा कांग्रेस निर्वाचन आयोगमा (तस्विरहरु)

आधिकारिकता दाबी गर्दै देउवा कांग्रेस निर्वाचन आयोगमा (तस्विरहरु)

क्रबार काँग्रेसका देउवा पक्षको एक टोली निर्वाचन आयोगको कार्यालय पुगेर कागजातसहितको निवेदन पेस गरेको हो । काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि काँग्रेस भित्र पार्टीको आधिकारिकताका...