नेभिगेशन
मुख्य समाचार

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल


काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौँको भूगोल पार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा उनले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताए । “आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ,” उनले भने, “नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानुपर्छ ।”

CG

सभाका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका  उपप्रमुख सुनिता डङ्गोलले समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज उद्धार, पुनःस्थापना र पुनर्लाभको औजार बनाउनुपर्ने बताए । “विपद्का समयमा पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदाय नै हो”, उनले भने, “महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकार समन्वय, आपसी ज्ञान र सीपको आदान प्रदान तथा एकीकृत योजना पहिलो सर्त हो । यसका लागि मिलेर काम गरौँ ।”

कार्यक्रममा कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने, “प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवद्र्धन गरौँ ।”

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरु, महानगरपालिकाका नगर सभा सदस्यहरु, विभागीय प्रमुखहरु, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अवको जिम्मेवारी’ भन्ने नारासहित दिवस मनाइएको हो ।

विसं १९९० माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ । विगतका विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । विसं २०५८ देखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी दिवस मनाउन थालिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेले दिए राजीनामा

काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेले दिए राजीनामा

उनी काठमाडौँमा फागुन २१ को प्रतिनिभिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
एमाले केन्द्रीय कार्यालयमा आकाङ्क्षी उम्मेदवारको नाम प्राप्त

एमाले केन्द्रीय कार्यालयमा आकाङ्क्षी उम्मेदवारको नाम प्राप्त

जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार चाँडै नै निर्वाचन लागि प्राप्त भएका...
आधिकारिकता दाबी गर्दै देउवा कांग्रेस निर्वाचन आयोगमा (तस्विरहरु)

आधिकारिकता दाबी गर्दै देउवा कांग्रेस निर्वाचन आयोगमा (तस्विरहरु)

क्रबार काँग्रेसका देउवा पक्षको एक टोली निर्वाचन आयोगको कार्यालय पुगेर कागजातसहितको निवेदन पेस गरेको हो । काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि काँग्रेस भित्र पार्टीको आधिकारिकताका...