नेभिगेशन
समाज

यि हुन् धादिङका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने रास्वपाका ९ आकाङ्क्षी

काठमाडौँ । धादिङका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्यक्षतर्फ निर्वाचन लड्न ९ जनाले आकाङ्क्षा देखाएका छन् । धादिङ एकमा निर्वाचन लड्न चार जनाले केन्द्रिय पार्टी कार्यालयमा उम्मेदवारीको प्रक्रिया पुरा गरेका छन् भने दुईमा पाँच जना आकाङ्क्षी देखिएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा अनतर्गत धादिङमा दुई वटा क्षेत्रहरू छन् । पृथ्वी राजमार्ग क्षेत्रसमेत रहेको निर्वाचन क्षेत्र एक हो भने जिल्ला सदरमुकाम धादिङबेसी लगायतको हिमाली क्षेत्र क्षेत्र नम्बर दुई अन्तर्गत पर्छ। 

Ncell
Extreme Energy

धादिङ एकमा रास्वपाबाट प्रत्यक्ष निर्वाचन लड्न श्रवण कुमार त्रिपाठी, रामकुमार थपलिया, आरके ढुङ्गाना र कुमार पाण्डेले आवेदन दिएका छन् । क्षेत्र नम्बर एकका प्रत्याशी त्रिपाठी रास्वपा धादिङको सो निर्वाचन क्षेत्रका सभापति हुन् ।

यस्तै, रास्वपामा सक्रिय रामकुमार थपलिया कार्गो व्यवसायी हुन् । यस अघि बालेन समूहमा रहेर काम गरेका आरके ढुङ्गाना पेशाले अध्यापन क्षेत्रमा क्रियाशील छन् । 

यस अघि नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध कुमार पाण्डे फलफूल तथा होटल व्यवसायमा संलग्न व्यवसायी हुन् । उनले रास्वपाको सदस्यता र उम्मेदवारी एकै साथ लिए दिएका हुुन् । 

यस्तै, धादिङ दुईबाट उपेन्द्र पाण्डे, रामप्रसाद सापकोटा, बोधनारायण श्रेष्ठ, डा कृष्णमान शाक्य, अनिल अधिकारी र केशव प्रसाद अधिकारीले निवेदन दिएका छन् ।

उपेन्द्र पाण्डे रास्वपका संस्थापक केन्द्रिय सदस्य हुन् । रामप्रसाद सापकोटा पर्यटन व्यवसायी हुन भने बोधनारायण श्रेष्ठ नेपाल रेडक्रसहित विभिन्न गैरसरकारी क्षेत्रमा लामो काम गरेको अनुभव बोकेका व्यक्ति हुन् । 

यस्तै, डा कृष्णमान शाक्य नेपाली काँग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका नेता हुन् । कांग्रेसको नीति निर्माण तहमा उनले लामो समय बिताएका थिए । 

अनिल अधिकारी पेशाले पत्रकार हुन् । काठमाडौँमा सञ्चारकर्ममा सक्रिय रहेकै अवस्थामा उनी रास्वपाबाट निर्वाचनमा होमिएका हुन् । केही समय अघि मात्रै रास्वपा प्रवेश गरेका केशव प्रसाद अधिकारी पनि परामर्शदाता क्षेत्रमा काम गर्ने व्यवसायी हुन् । 

रास्वपा धादिङले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको निर्वाचन  जिल्लामा जानकारी  भएर उम्मेदवारी दिएका आकाङ्क्षीहरू १० जना तर स्वतस्फुर्त रुपमा सदस्यले समेत उम्मेदवारी दिन सक्ने भएकाले यो सङ्ख्यामा केही वृद्धि हुन सक्नेछ।

यता रास्वपाले भने आकाङ्क्षीहरूको व्यवस्थापन गर्दै टिकट वितरण हुने जनाएको छ । पार्टीमा काम गरेको,योग्य र निर्वाचन जित्न सक्ने उम्मेदवारले टिकट पाउने रास्वपाको भनाई छ।

रास्वपा जिल्ला सभापति सुर्यमणी पाठकलाई पनि पार्टीले सम्भावित उम्मेदवारको रुपमा राखेको नेताहरुको भनाई छ।          
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।