नेभिगेशन
मुख्य समाचार

गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

काठमाडौँ । नेपाली कांग्रेस देउवा समूहका नेता पूर्ण बहादुर खड्काले गगन समूहलाई आधिकारिता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय मान्य नहुने बताएका छन् । 

शुक्रबार निर्वाचन आयोग परिसरबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आयोगले एकपक्षीय ढंगले निर्णय गरेको भन्दै आयोगको निर्णय खारेज गर्ने बताए । 

CG

उनले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे । खड्काले आयोगको निर्णय स्थापित नजिरको विरुद्धमा रहेको बताए । 

निर्वाचन आयोगले कांग्रेस विवादको निरुपण गर्दै गगन थापालाई आधिकारिकता प्रदान गरेको हो । खड्का यसअघि नेपाली कांग्रेसको कार्यबाहक सभापति थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...
गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेको छ ।
निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र  झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
राजनीतिक दलका सम्बन्धमा चुनावी आचारसंहिता जारी

राजनीतिक दलका सम्बन्धमा चुनावी आचारसंहिता जारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनका सम्बन्धमा शुक्रबार आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उनले प्रतिस्पर्धाका लागि सहयोग गर्ने उद्देश्यले नै महिनौ अघि मस्यौदा तर्जुमा गरी राजनीतिक दल, संवैधानिक...