नेभिगेशन
मुख्य समाचार

सोविता गौतम भन्छिन्: महान्यायाधीवक्ताको निर्णय पीडितको पक्षमा छ, पीडितहरुले पैसा फिर्ता पाउने बाटो खोल्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोविता गौतमले सभापति रवि लामिछानेको मुद्दामा महान्यायाधीवक्ताको कार्यालयले गरेको निर्णयलाई अपराध सफाइ गरिएको जस्तो प्रचार गर्नु गलत भएको बताएकी छिन् । 
अधिवक्ता समेत रहेकी गौतमले सो मुद्दामा अघिल्लो सरकारले रविमाथि प्रतिशोध साँधेर आवश्यकताभन्दा बढी अभियोजन गरेको र अहिलेको सरकारले त्यसलाई सच्याउने काम गरेको उनको भनाइ छ । ‘हाल महान्यायाधीवक्ता कार्यालयले अभियोजन संशोधन गरेर अघिल्लो सरकारको निर्देशनात्मक र प्रतिशोधपूर्ण अभियोजन सच्याएको छ । तर, यसलाई अपराध सफाइ गरिएको जस्तो प्रचार गर्नु गलत हो ।’
यो निर्णयले  सहकारी पीडितहरूले मिलापत्रमार्फत आफ्नो पैसा फिर्ता पाउने कानुनी बाटो खोलेको बताएकी छिन् । 

साथै पीडित र अभियुक्तलाई एउटै टेबलमा बसेर समाधान खोज्ने सम्भावना सिर्जना गरेको उल्लेख गरेकी छिन् । उनले थप भनेकी छिन्, सकारात्मक दृष्टिले हेर्ने हो भने, यो निर्णय पीडितको पक्षमा भएको निर्णय हो।

CG

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधनपछि सहकारी पीडितहरु भन्छन्ः अब रकम फिर्ता हुने आशा बढ्यो

रवि लामिछानेको अभियोग संशोधनपछि सहकारी पीडितहरु भन्छन्ः अब रकम फिर्ता हुने आशा बढ्यो

‘महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछाने, जिबी राई, छविलाल जोशीलगायतमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरेर सहकारी ठगीको मुद्दा मात्रै यथावत् रहने निर्णय गरेको रहेछ । हामी...
गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

उनले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे । खड्काले आयोगको निर्णय स्थापित नजिरको विरुद्धमा रहेको बताए ।
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...
गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेको छ ।