नेभिगेशन
समाज

थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

काठमाडौँ । नेपालले पहिलोपटक आयोजना गरेको महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट खेलअन्तर्गत थाइल्यान्डविरुद्धको उद्घाटन खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ ।कीर्तिपुरस्थित  त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्यान्डले टस जितेर पहिला बलिङ रोजेपछिी नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्वकप खेल्ने रहेको छ । त्यसैले नेपाल आज जित निकल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । त्यसो त थाइल्यान्डलाई हराउन नेपाललाई सहज भने हुनेछैन । थाइल्यान्ड नेपालभन्दा बलियो टिम हो ।

Ncell
Extreme Energy

थाइल्यान्डले महिला टी–२० विश्वकप खेलिसकेको छ । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले थाइल्यान्डसँगै नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको शीर्ष तीनमा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष चारमा पर्नुपर्नेछ । शीर्ष चारमा पर्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा...
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।