नेभिगेशन
समाज

सवारी दुर्घटनामा एकका मृत्यु, एकजना घाइते

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हँदा भारत विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६का मिन्टु पासवानको मृत्यु भएको हो ।

CG

उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले बताए ।

दुवै जना मदिरा सेवन गरेर अत्यधिक तीव्रगतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिए । गम्भीर घाइते रमेशको प्रादेशिक अस्पताल गौरमा उपचार गरेर थप उपचारका लागि बाराको एसएस न्यूरो अस्पतालमा पठाइएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन शाहले आज राजीनामा नदिने, केही बेरमा घण्टी घर जाने

बालेन शाहले आज राजीनामा नदिने, केही बेरमा घण्टी घर जाने

'आज राजीनामा दिने तयार भए पनि केही प्राविधिक कारणले आजका लागि राजीनामा होल्ड गरेर निर्वाचनमा लाग्ने तयारी भयो', सचिवालयले सिधाकुरासँग भन्यो ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठक सिंहदरबारमा सम्पन्न(तस्बिरहरु)

राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठक सिंहदरबारमा सम्पन्न(तस्बिरहरु)

आइतबार राष्ट्रपतिबाट प्राप्त पत्र पढेर र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेर आइतबारको बैठक सकिएको छ।
पार्टी आधिकारिकताको माग गर्दै देउवा काँग्रेस पक्ष सर्वोच्च अदालतमा(तस्बिरहरु)

पार्टी आधिकारिकताको माग गर्दै देउवा काँग्रेस पक्ष सर्वोच्च अदालतमा(तस्बिरहरु)

निर्वाचन आयोगले विषेश महाधिवेशनपक्षधरलाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च आधिकारिकता खोज्दै सर्वोच्च पुगेको हो ।
नेपालद्वारा थाइल्याण्डसामु १२३ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा थाइल्याण्डसामु १२३ रनको लक्ष्य प्रस्तुत

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल बनायो । नेपालका लागि बिन्दु रावलले...