नेभिगेशन
मुख्य समाचार

नेपालद्वारा थाइल्याण्डसामु १२३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाललले थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल बनायो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । उनले ५६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाएकी हुन् ।

CG

सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् भने रुविना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् । यसैगरी, पूजा महतोले १२ रन बनाइन् । यी बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

थाइल्याण्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् भने ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनिदा चातुरोङ्ग्रातानाले समान एकएक विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट

आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट

कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरिएको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित सात दिनसम्म सञ्चालन गरिएको उक्त विशेष अभियानको काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलमा विविध सांस्कृतिक कार्यक्रम गरी आइतबार...
आधिकारिकताको माग गर्दै कांग्रेस देउवा पक्षका कार्यकर्ताले माइतीघरमा गरे प्रदर्शन(तस्बिरहरु)

आधिकारिकताको माग गर्दै कांग्रेस देउवा पक्षका कार्यकर्ताले माइतीघरमा गरे प्रदर्शन(तस्बिरहरु)

उनीहरूले संविधानको मर्म, लोकतन्त्र मास्न नपाइने भन्दै निर्वाचन आयोगको निर्णको खारेजी र कार्यकारी आयुक्तको राजीनामा माग्दै नारावाजी समेत गरेका छन् ।
बालेन शाहले आज राजीनामा नदिने, केही बेरमा घण्टी घर जाने

बालेन शाहले आज राजीनामा नदिने, केही बेरमा घण्टी घर जाने

'आज राजीनामा दिने तयार भए पनि केही प्राविधिक कारणले आजका लागि राजीनामा होल्ड गरेर निर्वाचनमा लाग्ने तयारी भयो', सचिवालयले सिधाकुरासँग भन्यो ।