नेभिगेशन
मुख्य समाचार

आफुले अहिलेसम्म चूनाव लड्ने वा नलड्ने कुनै निर्णय गरेको छैनः मन्त्री खरेल

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफुले अहिलेसम्म चूनाव लड्ने वा नलड्ने कुनै निर्णय नगरेको बताएका छन् ।

आइतबार सिंहदरबारमा मन्त्रपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खरेलले आजका दिनसम्म आफुले चूनाव लड्ने वा नलड्ने भन्ने कुनै निर्णय नगरेको बताएका हुन । आफुले चूनाव लड्ने वा नलड्ने भन्ने बिषयमा सार्वजनिक रुपमा समेत कहिकतै नबोलेको उनको भनाइ छ ।

CG

त्यस्तै माघ २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खरेलले बुढीगण्डकी जलाशययुक्त जलविधुत आयोजनाको बित्तीय लगानी ढाँचा स्वीकृत गरेको जानकारी दिए ।

बैठकले उच्च अदालतका पूर्वच्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग,२०८२ गठन गर्ने निर्णय गरेको उनले बताए । त्यसैगरि बैठकले नेपाली सेनाका एक जना सहायक रथीको सरुवा गर्ने र एक जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी आइतबारदेखि काठमाडौँमा सुरु

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी आइतबारदेखि काठमाडौँमा सुरु

जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनीको उद्घाटन गरेका हुन । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने...
धरान बस दुर्घटनाः पाँच जनाको मृत्यु, १३ जना घाइते

धरान बस दुर्घटनाः पाँच जनाको मृत्यु, १३ जना घाइते

आइतबार दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता...
निर्वाचन आचारसंहिता आज  मध्यरातदेखि लागू हुँदै

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

निर्वाचन आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले...
निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

आइतबार सो विषयको छलफलका लागि प्रमुख निर्वाचन आयुक्त सहितको टोली बालुवाटार पुगेको हो ।