नेभिगेशन
मुख्य समाचार

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी आइतबारदेखि काठमाडौँमा सुरु

काठमाडौँ । नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी आइतबारबाट सुरु भएको छ ।

जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनीको उद्घाटन गरेका हुन । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी आयोजना गरिएको हो ।

CG

उद्घाटन समारोहमा नेपाली सेना फोटो प्रतियोगिता–२०८२ का उत्कृष्ट तीन जना गैर सैनिक फोटोग्राफरहरु, तीन वटा नेपाली सेनाका युनिटहरू र एक जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल ३१ वटा स्टलहरू राखिएका छन् । सेना दिवस–२०८२ को अवसरमा आयोजित प्रदर्शनी माघ ७ गतेसम्म चल्ने नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माघ ५ को सभाका लागि बालेन पुगे जनकपुर

माघ ५ को सभाका लागि बालेन पुगे जनकपुर

रास्वपाको पहिलो चुनावी सभाका लागि बालेन आइतबार अपरान्ह जनकपुर पुगेका हुन् । रास्वपा सभापति रवि लगायतका रास्वपाका अन्य नेताहरु भने भोली मात्रै जनकपुुर जाने कार्यक्रम छ।
धरान बस दुर्घटनाः पाँच जनाको मृत्यु, १३ जना घाइते

धरान बस दुर्घटनाः पाँच जनाको मृत्यु, १३ जना घाइते

आइतबार दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता...
निर्वाचन आचारसंहिता आज  मध्यरातदेखि लागू हुँदै

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

निर्वाचन आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले...
निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

आइतबार सो विषयको छलफलका लागि प्रमुख निर्वाचन आयुक्त सहितको टोली बालुवाटार पुगेको हो ।