नेभिगेशन
समाज

हर्क साम्पाङले पनि दिए राजीनामा

धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले नगर प्रमुखबाट राजीनामा दिएका छन् । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भाग लिन उनले राजीनामा दिएका हुन् ।

साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसको छन् । साम्पाङले आइतबार कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

CG

उनले हस्तलिखित राजीनामा बुझाएका छन् । साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । यस्तै, नेकपाबाट निर्वाचन लड्न आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् ।

उनी साम्पाङ विरुद्ध एकै क्षेत्रमा निर्वाचन लड्दैछन् । "आजबाट म मेयर साप रहिंन है । म आज देखि धराने जनता । जय माटो । जय देश" राजीनामा पछी हर्कले फेसबुकमा लेखेका छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माघ ५ को सभाका लागि बालेन पुगे जनकपुर

माघ ५ को सभाका लागि बालेन पुगे जनकपुर

रास्वपाको पहिलो चुनावी सभाका लागि बालेन आइतबार अपरान्ह जनकपुर पुगेका हुन् । रास्वपा सभापति रवि लगायतका रास्वपाका अन्य नेताहरु भने भोली मात्रै जनकपुुर जाने कार्यक्रम छ।
निर्वाचन आचारसंहिता आज  मध्यरातदेखि लागू हुँदै

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

निर्वाचन आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले...
घण्टीघरमा एउटै अँगालोमा रवि-बालेन

घण्टीघरमा एउटै अँगालोमा रवि-बालेन

त्यसपछि बालेनले रास्वपा सभापति रवि लामिछानेलाई अँगालो हाले । रास्वपा सभापति रवि लामिछाने र बालेन एउटै अँगालोमा बाँधिदा घण्टी घरमा उत्सव छाएको थियो ।