नेभिगेशन
समाज

हर्क साम्पाङले पनि दिए राजीनामा

धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले नगर प्रमुखबाट राजीनामा दिएका छन् । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भाग लिन उनले राजीनामा दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसको छन् । साम्पाङले आइतबार कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

Ncell
Extreme Energy

उनले हस्तलिखित राजीनामा बुझाएका छन् । साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । यस्तै, नेकपाबाट निर्वाचन लड्न आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् ।

उनी साम्पाङ विरुद्ध एकै क्षेत्रमा निर्वाचन लड्दैछन् । "आजबाट म मेयर साप रहिंन है । म आज देखि धराने जनता । जय माटो । जय देश" राजीनामा पछी हर्कले फेसबुकमा लेखेका छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, सभापति थापाले भने ।
सात दलले घोषणा गरे अग्रगामी मोर्चा

सात दलले घोषणा गरे अग्रगामी मोर्चा

तत्कालका लागि कार्यगत एकता एकता गर्ने र आगामी चुनावमा साझा चिन्ह लिएर चुनावमा जानेसम्मको सहमति मोर्चामा आबद्ध दलहरुका बीचमा भएको छ।