नेभिगेशन
मुख्य समाचार

यी हुन् ६३ राजनीतिक दलका समानुपातिकतर्फका ३ हजार उम्मेदवार

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले ५७ निर्वाचन चिन्हमा ६३ वटा राजनीतिक दलबाट ३ हजार २ सय १३ जनाको नाम सार्वजनिक गरेको छ । 

दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका थिए । उक्त सूची आज सार्वजनिक भएको छ ।  निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

CG

निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दावी विरोध गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाबाट प्रत्यक्षतर्फ १०० सिटमा एकल सिफारिस

रास्वपाबाट प्रत्यक्षतर्फ १०० सिटमा एकल सिफारिस

नेता वाग्लेकाअनुसार सभापति रवि लामिछाने चितवन २ र वरिष्ठ नेता बालेन्द्र शाह बालेन झापा ५ बाट उम्मेदवार बन्नेछन् ।  उपसभापति डोलप्रसाद अर्याल डीपी काठमाडौँ ९ र डा।स्वर्णिम वाग्ले...
यस्तो छ रास्वपाको अन्तिम समानुपातिक बन्दसूची

यस्तो छ रास्वपाको अन्तिम समानुपातिक बन्दसूची

दलित पुरुषतर्फ प्रकाशचन्द्र परियारको नाम रहेको छ भने उज्यालो नेपाल पार्टीबाट बन्दसूचीमा समेटिएकी रिमा विश्वकर्माको पहिलो नम्बर कायमै छ । साथै विजय जैरुको नाम थपिएको छ । दलिततर्फ...
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

यसअघि निर्वाचन आयोगले माघ २ गते सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको छ । आयोगले उम्मेदवारी दर्ता गर्दा आवश्यक कागजातसहित आउन अपिलसमेत...