नेभिगेशन
मुख्य समाचार

जनकपुरमा बालेनः जानकी मन्दिरमा पूजा, शहीद परिवार भेट्न लहान

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको परिवर्तन सभालाई सम्बोधन गर्न आएका रास्वपा वरिष्ठ नेता बालेन शाहले जानकी मन्दिरमा पूर्जा अर्चना गरेका छन् ।

एकाबिहानै मन्दिर पुगेका शाहले मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट  गरेका थिए । जानकी मन्दिरको आरतीतमा सहभागी भएका नेता शाह सभामा सहभागी हुनुपूर्व शहीद परिवारलाई भेट्न लहान पुगेका छन् । 

CG


लहानबाट फर्कीएपछि सभा सुरु हुने छ । सभामा सम्बोधन गर्न रास्वपाका सभापति रवि लामिछाने बिहान मात्रै जनकपुर पुग्दै छन् । आजकै कार्यक्रमाबाट रास्वपामा प्रवेश गर्न लागेका नेता अमरेश कुमार सिंह पनि सहभागी छन् । 
जनकपुरको कार्यक्रमपछि सभापति लामिछाने मनोनयन दर्ताका लागि चितवन आउने छन् भने बालेन शाह झापा जाने छन् । लामिछाने चितवन २ बाट उम्मेदवार बन्दै छन् भने शाह झापा ५ बाट मनोनयन दर्ता गराउँदै छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डडेल्धुरामा रास्वपाका डा.तारा जोशी शेरबहादुर देउवा विरुद्ध लड्ने

डडेल्धुरामा रास्वपाका डा.तारा जोशी शेरबहादुर देउवा विरुद्ध लड्ने

डडेल्धुरामा रास्वपाका डा तारा जोशीले शेरबहादुर देउवा विरुद्ध चुनाव लड्ने भएका छन् । रास्वपाले जोशीलाई देउवा विरुद्ध लड्न टिकट दिने निर्णय गरेको हो । उनी प्रदेशसभा सदस्य हुन्...
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ पुगे ?

प्रहरी प्रधान कार्यालय नक्सालले एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम...
आठ जना डीआईजीको सरुवा

आठ जना डीआईजीको सरुवा

पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ ।
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल दुई करोड...