नेभिगेशन
समाज

जनकपुरमा बालेनः जानकी मन्दिरमा पूजा, शहीद परिवार भेट्न लहान

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको परिवर्तन सभालाई सम्बोधन गर्न आएका रास्वपा वरिष्ठ नेता बालेन शाहले जानकी मन्दिरमा पूर्जा अर्चना गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एकाबिहानै मन्दिर पुगेका शाहले मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट  गरेका थिए । जानकी मन्दिरको आरतीतमा सहभागी भएका नेता शाह सभामा सहभागी हुनुपूर्व शहीद परिवारलाई भेट्न लहान पुगेका छन् । 

Ncell
Extreme Energy


लहानबाट फर्कीएपछि सभा सुरु हुने छ । सभामा सम्बोधन गर्न रास्वपाका सभापति रवि लामिछाने बिहान मात्रै जनकपुर पुग्दै छन् । आजकै कार्यक्रमाबाट रास्वपामा प्रवेश गर्न लागेका नेता अमरेश कुमार सिंह पनि सहभागी छन् । 
जनकपुरको कार्यक्रमपछि सभापति लामिछाने मनोनयन दर्ताका लागि चितवन आउने छन् भने बालेन शाह झापा जाने छन् । लामिछाने चितवन २ बाट उम्मेदवार बन्दै छन् भने शाह झापा ५ बाट मनोनयन दर्ता गराउँदै छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ।
प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।
राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...