नेभिगेशन
समाज

केपी ओलीको जिल्लामा रास्वपाका हेभिवेट उम्मेदवार

काठमाडौँ । रास्वपाले झापा जिल्लाका पाँच वटै क्षेत्रमा आफ्नो प्रत्यक्षतर्फको उम्मेदवार तय गरेको छ। एमाले र कांग्रेसको गढ मानिने झापामा प्रधानमन्त्रीका उम्मेदवार बालेन देखि पूर्व उपसभामुख र पूर्व सांसदसम्मलाई रास्वपाले झापाको निर्वाचनमा उतारेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रत्यक्षतर्फ उठ्नेछन्। यस्तै झापा एक मा पूर्वउपसभामुख इन्दिरा रानामगर प्रत्यक्षतर्फ उठ्नेछिन् ।

Ncell
Extreme Energy

झापा २ मा पूर्व सांसद एवम् युवा नेतृ निशा डाँगीले प्रत्यक्षको टिकट पाएकी छिन्। झापा ३ मा जिल्ला सभापति एवम् पूर्व सञ्चारकर्मी प्रकाश पाठकले टिकट पाएका छन् भने झापा ४ मा यस अघिका उम्मेदवार एवम् रास्वपा झापाका प्रभावशाली नेता सुमन सुस्केराले टिकट पाएको रास्वपाले जनाएको छ। 

प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह देखि सबै उम्मेदवारले झापाबाट क्लिनस्विप गर्ने दाबी पनि उनीहरूको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।