नेभिगेशन
मुख्य समाचार

केपी ओलीको जिल्लामा रास्वपाका हेभिवेट उम्मेदवार

काठमाडौँ । रास्वपाले झापा जिल्लाका पाँच वटै क्षेत्रमा आफ्नो प्रत्यक्षतर्फको उम्मेदवार तय गरेको छ। एमाले र कांग्रेसको गढ मानिने झापामा प्रधानमन्त्रीका उम्मेदवार बालेन देखि पूर्व उपसभामुख र पूर्व सांसदसम्मलाई रास्वपाले झापाको निर्वाचनमा उतारेको हो। 

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रत्यक्षतर्फ उठ्नेछन्। यस्तै झापा एक मा पूर्वउपसभामुख इन्दिरा रानामगर प्रत्यक्षतर्फ उठ्नेछिन् ।

CG

झापा २ मा पूर्व सांसद एवम् युवा नेतृ निशा डाँगीले प्रत्यक्षको टिकट पाएकी छिन्। झापा ३ मा जिल्ला सभापति एवम् पूर्व सञ्चारकर्मी प्रकाश पाठकले टिकट पाएका छन् भने झापा ४ मा यस अघिका उम्मेदवार एवम् रास्वपा झापाका प्रभावशाली नेता सुमन सुस्केराले टिकट पाएको रास्वपाले जनाएको छ। 

प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह देखि सबै उम्मेदवारले झापाबाट क्लिनस्विप गर्ने दाबी पनि उनीहरूको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिराहा १ बाट उम्मेदवार बन्न बब्लु गुप्ताले दिए मन्त्रीबाट राजीनामा

सिराहा १ बाट उम्मेदवार बन्न बब्लु गुप्ताले दिए मन्त्रीबाट राजीनामा

फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बब्लुले राजीनामा बुझाएको बताए । तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ
सञ्चारमन्त्री खरेललाई रास्वपाले ललितपुर २ बाट उम्मेदवार बनाउने

सञ्चारमन्त्री खरेललाई रास्वपाले ललितपुर २ बाट उम्मेदवार बनाउने

मन्त्री खरेलले केहि दिन अघि आफू प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन इच्छुक रहेको बताएपनि कुन पार्टीबाट भने खुलाएका थिएनन् ।
बलिदानी दिवसमा बालेनले गरे शहीद रमेश महतोको शालिकमा माल्यार्पण

बलिदानी दिवसमा बालेनले गरे शहीद रमेश महतोको शालिकमा माल्यार्पण

आज मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा मधेशमा बलिदानी दिवस मनाइन्छ । मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरुको शालिकमा माल्यार्पण गरेका हुन् ।
डडेल्धुरामा रास्वपाका डा.तारा जोशी शेरबहादुर देउवा विरुद्ध लड्ने

डडेल्धुरामा रास्वपाका डा.तारा जोशी शेरबहादुर देउवा विरुद्ध लड्ने

डडेल्धुरामा रास्वपाका डा तारा जोशीले शेरबहादुर देउवा विरुद्ध चुनाव लड्ने भएका छन् । रास्वपाले जोशीलाई देउवा विरुद्ध लड्न टिकट दिने निर्णय गरेको हो । उनी प्रदेशसभा सदस्य हुन्...