नेभिगेशन
मुख्य समाचार

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी: निर्वाचन आचारसंहिता लागू

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । 

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

CG

आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।

स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने जनाइएको छ ।

पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन् ।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिताको दायरामा परेका छन् ।

 निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई आचारसंहिता लाग्नेछ ।

आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि आयोगले सबैको सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन थापाको भिडियो सन्देशः 'कांग्रेसले आज उम्मेदवार टुंगाउँछ, मनमा केही नराखी सहयोग गर्नुहोला'

गगन थापाको भिडियो सन्देशः 'कांग्रेसले आज उम्मेदवार टुंगाउँछ, मनमा केही नराखी सहयोग गर्नुहोला'

उनले भनेका छन्,  ‘त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन, यो एउटा अभियान हो,’ थापाले भनेका छन्, ‘यो अभियानमा हामी सबै जुट्नपर्छ...
सिराहा १ बाट उम्मेदवार बन्न बब्लु गुप्ताले दिए मन्त्रीबाट राजीनामा

सिराहा १ बाट उम्मेदवार बन्न बब्लु गुप्ताले दिए मन्त्रीबाट राजीनामा

फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बब्लुले राजीनामा बुझाएको बताए । तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ
सञ्चारमन्त्री खरेललाई रास्वपाले ललितपुर २ बाट उम्मेदवार बनाउने

सञ्चारमन्त्री खरेललाई रास्वपाले ललितपुर २ बाट उम्मेदवार बनाउने

मन्त्री खरेलले केहि दिन अघि आफू प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन इच्छुक रहेको बताएपनि कुन पार्टीबाट भने खुलाएका थिएनन् ।
बलिदानी दिवसमा बालेनले गरे शहीद रमेश महतोको शालिकमा माल्यार्पण

बलिदानी दिवसमा बालेनले गरे शहीद रमेश महतोको शालिकमा माल्यार्पण

आज मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा मधेशमा बलिदानी दिवस मनाइन्छ । मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरुको शालिकमा माल्यार्पण गरेका हुन् ।