नेभिगेशन
मुख्य समाचार

हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

काठमाडौँ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । 

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।
 
आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छपाई हुन बाँकी  छ । यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ । 

CG

केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन थापाको भिडियो सन्देशः 'कांग्रेसले आज उम्मेदवार टुंगाउँछ, मनमा केही नराखी सहयोग गर्नुहोला'

गगन थापाको भिडियो सन्देशः 'कांग्रेसले आज उम्मेदवार टुंगाउँछ, मनमा केही नराखी सहयोग गर्नुहोला'

उनले भनेका छन्,  ‘त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन, यो एउटा अभियान हो,’ थापाले भनेका छन्, ‘यो अभियानमा हामी सबै जुट्नपर्छ...
सिराहा १ बाट उम्मेदवार बन्न बब्लु गुप्ताले दिए मन्त्रीबाट राजीनामा

सिराहा १ बाट उम्मेदवार बन्न बब्लु गुप्ताले दिए मन्त्रीबाट राजीनामा

फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बब्लुले राजीनामा बुझाएको बताए । तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ
सञ्चारमन्त्री खरेललाई रास्वपाले ललितपुर २ बाट उम्मेदवार बनाउने

सञ्चारमन्त्री खरेललाई रास्वपाले ललितपुर २ बाट उम्मेदवार बनाउने

मन्त्री खरेलले केहि दिन अघि आफू प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन इच्छुक रहेको बताएपनि कुन पार्टीबाट भने खुलाएका थिएनन् ।
बलिदानी दिवसमा बालेनले गरे शहीद रमेश महतोको शालिकमा माल्यार्पण

बलिदानी दिवसमा बालेनले गरे शहीद रमेश महतोको शालिकमा माल्यार्पण

आज मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा मधेशमा बलिदानी दिवस मनाइन्छ । मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरुको शालिकमा माल्यार्पण गरेका हुन् ।